विद्यार्थीलाई बाहिर निकालेर जनप्रतिनिधिले नै गरे विद्यालयमा तालाबन्दी

रामेछाप । मन्थली नगरपालिका–९ को पुरानागाउँस्थित स्थानापति माध्यमिक विद्यालय बाङ्गेसल्लामा जनप्रतिनिधिसमेतको उपस्थितिमा विद्यालयमा तालाबन्दी गरिएको छ । सोमबार विद्यालयमा पठनपाठन भइरहेको समयमा जिल्ला समन्वय समिति रामेछापकी सदस्य हिराकुमारी गिरी, वडा सदस्य धनलाल तामाङसमेतको उपस्थितिमा बैठक बसी विद्यालयमा ताला लगाइएको हो । विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै सोमबार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको […]

May 20, 2025 - 05:33
 0
विद्यार्थीलाई बाहिर निकालेर जनप्रतिनिधिले नै गरे विद्यालयमा तालाबन्दी

रामेछाप । मन्थली नगरपालिका–९ को पुरानागाउँस्थित स्थानापति माध्यमिक विद्यालय बाङ्गेसल्लामा जनप्रतिनिधिसमेतको उपस्थितिमा विद्यालयमा तालाबन्दी गरिएको छ ।

सोमबार विद्यालयमा पठनपाठन भइरहेको समयमा जिल्ला समन्वय समिति रामेछापकी सदस्य हिराकुमारी गिरी, वडा सदस्य धनलाल तामाङसमेतको उपस्थितिमा बैठक बसी विद्यालयमा ताला लगाइएको हो ।

विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै सोमबार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा जनप्रतिनिधिसमेतको उपस्थितिमा बैठक बसी निर्णय नै गरेर विद्यालयमा ताला लगाइएको छ ।

गत पुस १५ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन भई सदस्यहरू निर्वाचित भइसकेको अवस्थामा कानुनअनुसार मनोनीत गर्नुपर्ने सदस्य मनोनीत गरेर अध्यक्ष नचुनिएको उनीहरूको आरोप छ । विद्यालय व्यवस्थापन समितिको बैठक राख्न ज्येष्ठ सदस्यले पटक–पटक अनुरोध गर्दा पनि विद्यालय प्रशासनले अटेर गरेको कारण ताल लगाउनु परेको निर्णयमा उल्लेख छ ।

पठनपाठन भइरहेको बेला विद्यार्थीहरूलाई कक्षाबाट निकाली जनप्रतिनिधिले नै विद्यालयमा तालाबन्दी गरेको कारण पठनपठान प्रक्रिया अवरुद्ध भएकोले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्दै विद्यालयका प्रधानाध्यापक शम्भु मण्डलले सोमबार नै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दर्ता गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register