पूर्वराजा ज्ञानेन्द्र गोरखा जाँदै, गोरखनाथसँगै विभिन्न मन्दिरमा पूजा गर्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । पूर्वराजा यसै जान लागेको उनको सम्वाद सचिवालयले जनाएको छ । पुर्खौली थलो गोरखा गएर शाहले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने सम्वाद सचिव डा. फणिराज पाठकले जानकारी दिए । पछिल्लो समय देशमा राजसंस्था फर्काउने आन्दोलन चलिरहेका बेला पूर्वराजा गोरखा जानुलाई अर्थपूर्ण रुपमा लिन […]

Mar 19, 2025 - 05:08
 0
पूर्वराजा ज्ञानेन्द्र गोरखा जाँदै, गोरखनाथसँगै विभिन्न मन्दिरमा पूजा गर्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । पूर्वराजा यसै जान लागेको उनको सम्वाद सचिवालयले जनाएको छ ।

पुर्खौली थलो गोरखा गएर शाहले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने सम्वाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।

पछिल्लो समय देशमा राजसंस्था फर्काउने आन्दोलन चलिरहेका बेला पूर्वराजा गोरखा जानुलाई अर्थपूर्ण रुपमा लिन सकिने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

पूर्वराजा शाह गण्डकी प्रदेशका विभिन्न शक्तिपीठको भ्रमण सकेर गत फागुन २५ गते मात्र काठमाडौं फर्किएका थिए । त्रिभुवन विमानस्थलमा उनको भव्य स्वागत गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register