डिजिहबले ल्यायो अन्तराष्ट्रिय स्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम

काठमाडौं । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै अन्तराष्ट्रिय स्तरको ट्रेडिङ प्लेटफर्म (टीएमएस) सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालित बनाउन डिजिहब उक्त प्लेटफर्म सार्वजनिक गरेको हो । सो प्लेटफर्म पाँच प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ । यो ट्रेडिङ प्लेटफर्मको डेस्कटप, वेब र मोबाइल भर्सन (एन्ड्रोइड र आइओएस) उपलब्ध […]

Apr 13, 2025 - 08:08
 0
डिजिहबले ल्यायो अन्तराष्ट्रिय स्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम

काठमाडौं । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै अन्तराष्ट्रिय स्तरको ट्रेडिङ प्लेटफर्म (टीएमएस) सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालित बनाउन डिजिहब उक्त प्लेटफर्म सार्वजनिक गरेको हो ।

सो प्लेटफर्म पाँच प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ । यो ट्रेडिङ प्लेटफर्मको डेस्कटप, वेब र मोबाइल भर्सन (एन्ड्रोइड र आइओएस) उपलब्ध रहेकोले प्रयोगकर्ताले जुनसुकै समयमा जहाँसुकैबाट सेयर कारोबार गर्न सक्नेछन् ।

त्यस्तै, यस प्लेटफर्ममा एकैपटक धेरै अर्डर सजिलै राख्ने सुविधा दिने अर्डर बास्केट, रियल-टाइम डेटासहित सुसूचित निर्णय लिन मदत गर्ने एडभान्स चार्टिङ र एकै समयमा आफूलाई आवश्यक जानकारी एउटै स्क्रिनमा खोलेर तत्काल कारोबारको निर्णय लिन सहयोग गर्ने मल्टी-विन्डो सपोर्ट जस्ता विशेषता छन् ।

त्यसैगरी, सुरक्षित र नियन्त्रित कारोबार सुनिश्चित गर्ने एडभान्स रिस्क मोड्युल, एक क्लिकमा अर्डर राख्ने, अन्तिम कारोबार मूल्यको आधारमा पोर्टफोलियो ट्र्याक गरी रियल-टाइम नाफा/नोक्सान हेर्न सकिने र धेरै अकाउन्ट सजिलै व्यवस्थापन गर्न सकिने चाइल्ड अकाउन्ट म्यानेजमेन्ट सुविधा पनि यसमा रहेको कम्पनीले जनाएको छ ।

अन्तराष्ट्रिय ट्रेडिङ म्यानेजमेन्ट सिस्टममार्फत डिजिहबले सेयर कारोबार प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउँदै नेपालको वित्तीय क्षेत्रलाई डिजिटल युगमा अघि बढाउने कार्यमा उल्लेख्य योगदान गर्ने लक्ष्य लिएको छ । यसले ट्रेडिङ अनुभवलाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै सञ्चालनका क्रममा ब्रोकरहरूले सामना गर्नुपरेका झन्झटहरूलाई पनि कम गर्ने अपेक्षा लिइएको छ ।

अहिले पाँच ब्रोकरसँग लाइभ भइसकेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम चाँडै नै अन्य ब्रोकरकहाँ पनि उपलब्ध हुनेछ । डिजिहबले नेपालको वित्तीय बजारमा नवीनतम प्रविधि भित्र्याउँदै सेयर कारोबारीलाई उत्कृष्ट उपकरण र सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register