छत्तीसगढमा २६ माओवादी मारिएको प्रहरीको दाबी

काठमाडौं । भारतको छत्तीसगढ राज्यको माओवादी प्रभावित क्षेत्र नारायणपुरमा भएको मुठभेडमा २६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ । राज्यका गृहमन्त्री विजय शर्माले भने, “ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो । यसमा २६ जनाभन्दा बढी माओवादी मारिएका छन् । केही ठूला माओवादी कार्यकर्ताहरू पनि मारिएको रिपोर्ट आएको छ ।” उनले मारिएका माओवादीहरूको सङ्ख्या […]

May 21, 2025 - 08:59
 0
छत्तीसगढमा २६ माओवादी मारिएको प्रहरीको दाबी

काठमाडौं । भारतको छत्तीसगढ राज्यको माओवादी प्रभावित क्षेत्र नारायणपुरमा भएको मुठभेडमा २६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ ।

राज्यका गृहमन्त्री विजय शर्माले भने, “ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो । यसमा २६ जनाभन्दा बढी माओवादी मारिएका छन् । केही ठूला माओवादी कार्यकर्ताहरू पनि मारिएको रिपोर्ट आएको छ ।”

उनले मारिएका माओवादीहरूको सङ्ख्या बढ्न सक्ने कुरालाई अस्वीकार गरेका छैनन् । “खोजी कार्य अझै जारी छ । हाम्रो सरकार छत्तीसगढलाई ‘रातो आतंक’बाट मुक्त गर्न प्रतिबद्ध छ,” शर्माले भने ।

यो उल्लेखनीय छ कि विगत १५ महिनादेखि छत्तीसगढमा प्रहरीले माओवादीविरुद्ध सघन कारबाही सञ्चालन गरिरहेको छ, जसमा अहिलेसम्म ४०० भन्दा बढी संदिग्ध माओवादीहरू मारिएका छन् ।

केन्द्रीय गृहमन्त्री अमित शाहले मार्च ३१, २०२६ सम्ममा देशबाट माओवाद पूर्ण रूपमा उन्मूलन गर्ने घोषणा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register