काँग्रेसले धोका दिएपछि गभर्नरको सपथ लिँदा लाउन ज्ञानेन्द्र ढुंगानाले सिलाएको दौरा सुरुवाल दोश्रो पटक पनि खेर !

काठमाडौँ । कुरा गभर्नरमा चिरन्जीवी नेपाल नियुक्त हुँदाको कुरा हो । त्यतिबेला गभर्नर हुने ठुलै रस्साकस्सीमा थिए बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना । नेपाली काँग्रेसका एक ठुलै नेताले ‘गभर्नर तपाईं नै हो, दौरा सुरुवाल सिलाएर राख्नुहोस्’ भनेपछि उनले हत्तपत्त दौरा सुरुवाल सिलाएका थिए । गभर्नर हुनेमा उनी ढुक्क थिए । तर, अन्त्यमा सरकारले डा. चिरन्जीवी नेपाललाई […]

May 22, 2025 - 02:44
 0
काँग्रेसले धोका दिएपछि गभर्नरको सपथ लिँदा लाउन ज्ञानेन्द्र ढुंगानाले सिलाएको दौरा सुरुवाल दोश्रो पटक पनि खेर !
काठमाडौँ । कुरा गभर्नरमा चिरन्जीवी नेपाल नियुक्त हुँदाको कुरा हो । त्यतिबेला गभर्नर हुने ठुलै रस्साकस्सीमा थिए बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना । नेपाली काँग्रेसका एक ठुलै नेताले ‘गभर्नर तपाईं नै हो, दौरा सुरुवाल सिलाएर राख्नुहोस्’ भनेपछि उनले हत्तपत्त दौरा सुरुवाल सिलाएका थिए । गभर्नर हुनेमा उनी ढुक्क थिए । तर, अन्त्यमा सरकारले डा. चिरन्जीवी नेपाललाई गभर्नर नियुक्त गरे, र उनको गभर्नरको सपथमा लगाउन सिलाएको दौरा सुरुवाल दराजमै थन्कियो ।
त्यसपछि लामो समय सो दौरा सुरुवाल दराजमै थन्कियो । तर दौरा सुरुवाल दराजमै राखेर पूरानो हुने देखेपछि उनले नेपाल बंगलादेश बैंकलाई नबिलले प्राप्ति गर्ने कार्यक्रममा सोहि दौरासुरुवाल लगाएका थिए । ‘गभर्नरको सपथ लिन सिलाएको दौरा सुरुवाल यहि हो । आज लगाईयो ।’उपस्थितहरुलाई ठट्ट्यौली पारामा उनी सुनाउँदै थिए । उनले अर्को पटक गभर्नर भए सोहि दौरा सुरुवाल लगाएर सपथ लिने दाबी पनि गरेका थिए । तर, यसपटक पनि उनको सो सपना चकनाचुर भएको छ ।
यसपाली पनि गभर्नरको रेसमा ढुंगाना पनि थिए । यतिसम्मकि अलि अघिसम्म उनको गभर्नर पद पक्कापक्की नै भईसकेको थियो । तर, गभर्नर सिफारिस समितिमा रहेका डा. विश्व पौडेलले आफैँ गभर्नर बन्ने इक्षा देखाएपछि अन्तत: ढुंगानाको गभर्नर बन्ने रहर यसपटक पनि रहरमै सिमित हुन पुग्यो । डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न निलम ढुंगानाले नमान्नु, निलम ढुंगानालाई गभर्नर बनाउन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नमान्नुजस्ता रस्साकस्सीबीच डा. विश्वराज पौडेलले गभर्नरमा बाजी मारेपछि ढुंगानाको दौरा सुरुवालको बास फेरि पनि दराजमै हुने भएको छ ।
ढुंगानाले अव अर्को बैंकमा सीइओ हुने वा सेयर बजारमै ट्रेड गरेर बस्ने, वा अरु केहि बिजनेश गर्ने, वा राजनीतिमा होमिने विषयमा निर्णय भने गरिसकेका छैनन् । यद्यपी उनलाई बैंकको सीइओ भईदिन अरु बैंकहरुले प्रस्ताव गर्न लागेको बुझिएको छ भने अव बैंकिङ छोडेर व्यवसाय गर्न वा राजनीति गर्न सुझाव आएकोसमेत बुझिएको छ ।
नेपाली काँग्रेस पार्टीप्रति बफादार र बैंकिङ बुझेको काबिल व्यक्ति हुँदाहुँदै पनि ढुंगानालाई पार्टीले दोश्रो पटक धोका दिएको छ । गभर्नर बन्ने रेसका बीच उनको ठुलो रकम खर्च भईसकेको दाबीसहितका समाचार पनि सार्वजनिक सञ्चारमाध्यममा सार्वजनिक भएका थिए । यद्यपी काँग्रेसले उनको ‘राम्रो व्यवस्थापन’ गर्ने बाचा गरेको दाबी काँग्रेस नेताहरुको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register