युवाहरूको मन जित्दै बजाजका पल्सर एन १६० र पल्सर एन १२५

काठमाडौं । बजाज  मोटरसाइकलका नयाँ मोडेलहरू पल्सर एन १६० र एन १२५ युवाहरूको पहिलो रोजाइमा परेका छन् । यी दुवै मोडलहरूले युवाहरूको मन जित्न मात्र सफल भएका छैनन्, बरु कम्पनीलाई बढ्दो माग थेग्न पनि गाह्रो भइरहेको छ । पल्सर एन १६० पल्सर एन १६० को दुवै पाङ्ग्रामा एबीएस प्रणाली रहेको छ जसले ब्रेकका लागि अधिक […]

May 22, 2025 - 11:32
 0
युवाहरूको मन जित्दै बजाजका पल्सर एन १६० र पल्सर एन १२५

काठमाडौं । बजाज  मोटरसाइकलका नयाँ मोडेलहरू पल्सर एन १६० र एन १२५ युवाहरूको पहिलो रोजाइमा परेका छन् । यी दुवै मोडलहरूले युवाहरूको मन जित्न मात्र सफल भएका छैनन्, बरु कम्पनीलाई बढ्दो माग थेग्न पनि गाह्रो भइरहेको छ ।

पल्सर एन १६०

पल्सर एन १६० को दुवै पाङ्ग्रामा एबीएस प्रणाली रहेको छ जसले ब्रेकका लागि अधिक सुरक्षा प्रदान गर्छ । यसको डिजाइनको कुरा गर्ने हो भने स्पोर्टी नेकेड स्ट्रिटफाइटर शैलीमा र एलईडी प्रोजेक्टर हेडलाइट बनाइएको छ । १६४.८२ सीसी क्षमताको ४ स्ट्रोक, सिङ्गल सिलिन्डर, २ भल्भयुक्त एअर–कुल्ड इन्जिन जडान गरिएको छ ।

यो मोटरसाइकलले ८७५० आरपीएममा १६ पीएस पावर र ६७५० आरपीएममा १४.६५ एनएम टर्क प्रदान गर्छ । ५ स्पिड गियरबक्स रहेको यो बाइकमा अगाडिको सस्पेन्सनका लागि ३७ मिमीको यूएसडी फोर्क र पछाडि नाइट्रोक्स मोनोसक सस्पेन्सन राखिएको छ । यसमा अगाडि ३०० मिमी र पछाडि २३० मिमीको डिस्क ब्रेक एबीएससहित प्रयोग गरिएको छ । बाइकको १६५ मिमी ग्राउन्ड क्लियरेन्स र १४ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ ।

ग्राहकहरूले पनि यो एन १६० लाई मन पराइरहेका छन् । एक जना खरिदकर्ता राजकुमार तामाङ एन १६० को बारेमा भन्छन्, ‘यसको माइलेज उत्कृष्ट छ र डबल एबीएस, एलईडी लाइटिङ सिस्टम तथा तीन राइड मोडहरू निकै राम्रो लाग्यो ।’ यो मोटरसाइकलमा तीनवटा राइड मोड छ- रोड, रेन र अफरोड । यसले फरक–फरक भू–भागका लागि मोटरसाइकलको प्रदर्शन अनुकूल बनाउन सहायता गर्छ ।

यो मोटरसाइकलमा टीबीटी नेभिगेसन, एबीएस राइड मोड्स, बाइफङ्सनल एलईडी प्रोजेक्टर हेडलाइट, एलईडी डीएलआर, एलईडी टेललाइट र यूएसबी मोबाइल चार्जिङजस्ता स्मार्ट सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

बजाज मोटरसाइकलका आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कर्पोरेट प्रालिका अनुसार यसको बजारमा जति माग छ, त्यति कम्पनीले थेग्न सक्ने अवस्था छैन । कम्पनीका अनुसार एन १६० को माग युवाहरूले बढी गरिरहेका छन् । पल्सर एन १६० को बजार मूल्य ४ लाख १४ हजार ९ सय रुपैयाँ रहेको छ ।

पल्सर एन १२५

त्यसैगरी पल्सर एन १२५ मा १२४.४ सीसी क्षमताको एयर–कुल्ड, सिङ्गल स्पार्क, २ भल्भ इन्जिन रहेको छ । यसले ८५०० आरपीएममा १२ पीएस पावर र ६००० आरपीएममा ११ एनएम टर्क दिन्छ । यो बाइकमा पनि ५ स्पिड गियरबक्ससहित एफआई सिस्टम राखिएको छ । पल्सर एन १२५ मा अगाडि २४० मिमीको डिस्क ब्रेक र पछाडि १३० मिमीको ड्रम ब्रेक सीबीएस सिस्टमसहित दिइएको छ ।

टेलिस्कोपिक अगाडिको सस्पेन्सन (१२५ मिमी स्ट्रोक) र मोनोसक पछाडिको सस्पेन्सन (१०० मिमी स्ट्रोक) राखिएको छ । यस मोडलमा एलईडी हेडलाइट, एलईडी टेललाइट, ब्लुटुथ कनेक्टिभिटीसहितको डिजिटल कन्सोल, मोनोक्रोम एलसीडी डिस्प्ले, कल रिसिभ/रिजेक्ट र मिस्ड कल तथा मेसेज नोटिफिकेसनजस्ता फिचरहरू समावेश छन् ।

एक जना खरिदकर्ता टिकाराम चन्द पल्सर एन १२५ समग्रमा राम्रो भए पनि यसमा केही सुधार आवश्यक रहेको बताउँछन् । उनले भने, ‘समग्रमा राम्रो मोटरसाइकल हो, तर यदि यसमा एबीएस सिस्टम र लाइटिङ सिस्टम अहिलेको भन्दा राम्रो भएको भए झन् राम्रो हुन्थ्यो ।’ उनका अनुसार पल्सर एन १२५ मा लाइट डिम हुने समस्या छ ।

कम्पनीका अनुसार यो नयाँ मोडेल हो जसलाई युवाहरूले मन पराइरहेका छन् । पल्सर एन १२५ को बजार मूल्य २ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ । यो मोडेलमा १२९५ मिमी ह्वीलबेस, ७९५ मिमी सिट उचाइ, १६५ मिमी ग्राउन्ड क्लिरेन्स र ९.५ लिटरको  इन्धन ट्याङ्की रहेको छ ।

बजाज अटो नेपालमा लामो समयदेखि विश्वसनीय ब्रान्डको रूपमा चिनिएको छ । बजाजले यी नयाँ मोडलहरू नेपाली युवाहरूको स्टाइल, सुविधा र प्राविधिक चाहनालाई ध्यानमा राख्दै बजारमा ल्याएको कम्पनीको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register