सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याललाई दज्र्यानी चिन्ह प्रदान 

काठमाडौँ।  सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई एक तह बढुवा गरिएको छ । सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नती गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु […]

May 22, 2025 - 11:52
 0
सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याललाई दज्र्यानी चिन्ह प्रदान 

काठमाडौँ। 

सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई एक तह बढुवा गरिएको छ । सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नती गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका छत्याललाई दज्र्यानी चिन्ह प्रदान गर्नुकासाथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका हुन् ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुले सगरमाथा आरोहण गर्नसक्छु भन्ने भावना लिई साहसिक कार्यगर्दा सबैमा हौसला मिल्ने चर्चा गर्दै  सगरमाथा आरोहण गर्ने व्यक्तिको मात्र नभई देश र संगठनको नाम समेत उच्च रहने बताए । 

उनले सगरमाथा लगायतका हिमालहरु आरोहण गर्ने आट, साहस र हौसला सबैमा प्रदान होस भन्ने विश्वास प्रकट गर्दै  आगामी बर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयहरुमा हिमाल आरोहण गर्ने अभियान नै शुरु गर्ने बताए । 

यही जेठ ४ गते  बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register