मोबाइल बैङ्किङबाट सिधै ‘हाम्रो पे’ मा रकम लोड गर्न सकिने
काठमाडौं । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैङ्किङ सेवा प्रदायक नबिल बैङ्कबीच प्रयोगकर्ताहरूका लागि थप सुविधा दिने गरी सहकार्य भएको छ । सहकार्यसँगै नबिल बैङ्कको मोबाइल बैङ्किङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने भएको हो । यो सुविधाअन्तर्गत अब नबिल बैङ्कका ग्राहकहरूले […]

काठमाडौं । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैङ्किङ सेवा प्रदायक नबिल बैङ्कबीच प्रयोगकर्ताहरूका लागि थप सुविधा दिने गरी सहकार्य भएको छ ।
सहकार्यसँगै नबिल बैङ्कको मोबाइल बैङ्किङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने भएको हो ।
यो सुविधाअन्तर्गत अब नबिल बैङ्कका ग्राहकहरूले आफ्नो मोबाइल बैङ्किङबाटै केही सेकेन्डमा हाम्रो पे वालेटमा पैसा पठाउन सक्नेछन् र “हाम्रो पे”ले प्रदान गर्दै आइरहेको क्यासब्याक र अफरहरूको लाभ उठाउन सक्नेछन् । यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास लिइएको छ ।
हाम्रो पेमा नबिल बैङ्क लिङ्क गर्ने सुविधा पनि शीघ्र सुरु भइरहेको जनाइएको छ । यस सुविधाबाट प्रयोगकर्ताहरूले आफ्नो बैङ्क खाता सिधै ‘हाम्रो पे’मा लिङ्क गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन् । यसले डिजिटल वालेट र बैङ्क खाताबीचको सम्बन्धलाई अझ सहज बनाउने विश्वास लिइएको छ ।
त्यसबाहेक, नबिल बैङ्कका ग्राहकहरूका लागि हाम्रो पेबाट कार्डरहित रूपमा रकम बैङ्कको एटीएमबाट निकाल्न सकिने सुविधा पनि चाँडै सुरु गर्दैछ । यसले प्रयोगकर्तालाई फिजिकल कार्डको आवश्यकता बिना मोबाइल एपबाटै रकम झिक्न सक्ने सुविधा दिनेछ ।
What's Your Reaction?






