ओलीलाई प्रचण्डको प्रश्न: राजावादीसँग मिलेको त होइन ?

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक मुल्य मान्यता विपरीत अघि बढ्दा राजवादीसँग मिलेको संशय पैदा भएको बताएका छन् । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री उल्टोबाटोतिर अग्रसर भइरहेकाले यस्तो प्रश्न उब्जिएको बताए ।’प्रतिनिधिसभामा नबोल्ने बाहिर बाहिर जवाफ दिने । सुशासनमा नलाग्ने जनताको भरोसा बोकेको एउटा कर्मचारीलाई बर्खास्न […]

Mar 28, 2025 - 10:03
 0
ओलीलाई प्रचण्डको प्रश्न: राजावादीसँग मिलेको त होइन ?

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक मुल्य मान्यता विपरीत अघि बढ्दा राजवादीसँग मिलेको संशय पैदा भएको बताएका छन् ।

समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री उल्टोबाटोतिर अग्रसर भइरहेकाले यस्तो प्रश्न उब्जिएको बताए ।’प्रतिनिधिसभामा नबोल्ने बाहिर बाहिर जवाफ दिने । सुशासनमा नलाग्ने जनताको भरोसा बोकेको एउटा कर्मचारीलाई बर्खास्न गर्ने । उल्टो उल्टो काम गरेर कतै उहाँ राजावादीसँग मिलेको त होइन?’ उनको प्रश्न छ ।

प्रधानमन्त्री ओलीले आफुलाई गणतन्त्रवादी पुष्टी गर्नुपर्ने बताए । ‘उहाँ पहिलेदेखिनै गणतन्त्रको आन्दोलनलाई खिसिट्युरी गर्नुहुन्थ्यो । अहिले उल्टो उल्टो काम गरिरहनुभएको छ । उल्टो काम गर्दा त राजावादीलाई फाइदा हुने भयो। उहाँले गणतन्त्रवादी रहेको पुष्टी गर्नुपर्छ,’ उनले भने ।

आफ्ना कमीकमजोरी सुधार्दै संविधानका त्रुटी सच्याउँदै जनताका निरासा चिर्नुपर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register