जीवन विकास लुघवित्तद्वारा बालबालिकाको अभिभावकत्व ग्रहण, उत्कृष्टलाई सम्मान

भद्रपुर, ९ जेठ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आठ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ । झापाको भद्रपुरमा आज आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा संस्थाले एक वर्षका लागि सदस्यका छोराछोरीहरु अभिषेक सदा, विराज टुडू, बिना टुडू, कृष्ण हेमरम, अस्मिता मुर्मू, अम्बिका मुर्मू, आशिका मुर्मू र विवेक मर्डीको अभिभावकत्व ग्रहण गरेको हो [...] The post जीवन विकास लुघवित्तद्वारा बालबालिकाको अभिभावकत्व ग्रहण, उत्कृष्टलाई सम्मान appeared first on Jhapa Online.

May 23, 2025 - 13:03
 0
जीवन विकास लुघवित्तद्वारा बालबालिकाको अभिभावकत्व ग्रहण, उत्कृष्टलाई सम्मान

भद्रपुर, ९ जेठ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आठ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ ।

झापाको भद्रपुरमा आज आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा संस्थाले एक वर्षका लागि सदस्यका छोराछोरीहरु अभिषेक सदा, विराज टुडू, बिना टुडू, कृष्ण हेमरम, अस्मिता मुर्मू, अम्बिका मुर्मू, आशिका मुर्मू र विवेक मर्डीको अभिभावकत्व ग्रहण गरेको हो ।

त्यस्तै, संस्थाले उत्कृष्ट एटीएमतर्फ विञ्जला पोखरेल, उत्कृष्ट ऋणीहरु शान्ती राजवंशी, लक्ष्मी राई, कल्पना राजवंशी, उत्कृष्ट उद्यमीहरु पुनम साह, नमिता राजवंशी, रिम्पो घोषणलाई सम्मानसहित पुरस्कृत गरेको छ । कार्यक्रममा थ्री जिरो क्लबका प्रकृति पोखरेल लगायतकालाई सम्मान गरिएको थियो ।

यस्तै, केन्द्रतर्फ उत्कष्टता हासिल गर्ने तीन वटा केन्द्रलाई पुरस्कृत गरिएको छ । संस्थाले प्रथम स्थान हासिल गर्ने मेची जीवन विकास केन्द्र भद्रपुर–३, द्वितीय पाथीभरा जीवन विकास केन्द्र हल्दिबारी–२ र तृतीय हुने मिलन जीवन विकास केन्द्र हल्दिबारी–१ लाई पुरस्कृत गरेको छ भने सम्झना जीवन विकास केन्द्र हल्दिबारी र प्रतीक्षा जीवन विकास केन्द्र मेचीनगर–१५ लाई सान्त्वना पुरस्कार प्रदान गरेको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयका मानव संशाधन विभाग प्रमुख सुदिप मण्डलको अध्यक्षतामा भएको कार्यक्रमका भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि पोखरेलले लघुवित्तको माध्यमबाट धेरै उपलब्धिहरु हासिल भएको बताउनुभयो । आर्थिक विकासका लागि लघुवित्त एउटा महत्वपूर्ण पोटो भएको उहाँको भनाइ छ ।

“यहाँ संस्था र सदस्य बीच विश्वासको सम्बन्ध हुन्छ”, उहाँले भन्नुभयो, “बिनाधितो समूह जमानीकै आधारमा ऋण पाउने कुरा विश्वास नै हो ।” लघुवित्तका क्षेत्रमा चुनौती समेत देखिएको बताउनुहुँदै उहाँ समूहमा बस्ने सदस्यले नै लघुवित्तको अवधारणा नबुझ्दा समस्या भएको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महिलाहरुको जीवनस्तर उकास्न लघुवित्तहरुले ठूलो टेवा पु¥याएको बताउनुभयो । “कुनै समय थियो साहु–महाजनसँग महँगो ब्याजमा पैसा लिनु पथ्र्यो”, उहाँले भन्नुभयो, “जसले मानिस ऋणको दलदलमा फँसेर निस्किने अवस्था थिएन, अहिले लघुवित्त र सहकारी संस्थाहरुको माध्यमले त्यसको अन्त्य भएको छ ।”
संस्था बाँचे मात्र सदस्य पनि बाँच्ने भएकाले आफूले लिएको ऋणको सदुपयोग गरेर आर्थिक पाटोलाई मजबुद बनाउनुका साथै नियमित ऋण तिर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा भद्रपुर–६ का अध्यक्ष रतिया राजवंशीले बिना धितो ऋण पाउनु नै संस्थाको सुखद पक्ष भएको बताउनुभयो । जीवन विकासमा आबद्ध भएर आफूसमेत आर्थिक पाटो सुधार गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ऋण लिएको एक सय रुपैयाँलाई एक सय पाँच बनाउन तर्फ लाग्नुपर्छ ।”

कार्यक्रममा भद्रपुर–७ का वडाध्यक्ष अभिषेक ढुंगानाले जीवन विकासले लघुवित्तको क्षेत्रमा राम्रो काम गरिरहेको आफूले पाएको बताउनुभयो । संस्थामार्फत् भद्रपुरबासीले पाएको सेवासुविधाले धेरै खुसी लागेको उहाँको भनाइ छ ।

कार्यक्रममा भद्रपुर–५ का वडा सदस्य जेष्टमान ठाकुरले सदस्यले संस्थाबाट लिएको पैसाको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । घरमा महिलाहरुको जिम्मेवारी बढी हुने भएकाले आर्थिक पाटोलाई सबल बनाउन महिलाहरुमा वित्तीय साक्षरता जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाकी सदस्य विञ्जला पोखरेलले जीवन विकासबाट ऋण लिएर छोराछोरीलाई शिक्षादिक्षा दिनुका साथै योग्य बनाउन सफल भएको बताउनुभयो । बाख्रापालन र तरकारी खेती गरेर आत्मनिर्भर भएको उहाँले अनुभव सुनाउनुभयो ।

कार्यक्रममा संस्थाका विभागीय प्रमुख अञ्जयकुमार मण्डलले बैंकले सेवा दिन नसकेको ग्रामीण क्षेत्रमा जीवन विकासले सेवा प्रवाह गरेको बताउनुभयो । संस्थाको गतिविधिबारे जानकारी दिनुहुँदै उहाँले ३१ जिल्लाका १६० वटा शाखामार्फत् सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष मानव संशाधन विभागका प्रमुख सुदिप मण्डलले लघुवित्तले पैसा दिएर आर्थिक गतिविधि गर्ने मात्र नभई महिलाहरुको सशक्तिकरणमा विशेष ध्यान दिएको बताउनुभयो ।

“महिलाहरु कसरी अगाडि बढ्न सक्छन् भन्ने कुरामा विशेष ध्यान दिएर महिला सशक्तिकरणको क्षेत्रमा काम गरिरहेका छौं”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका महिला घरमा कोही आउँदा पनि बोल्न लजाउने अवस्था हामीले देखे–भोगेका छौं, तर अहिले लघुवित्तमा आबद्ध भएर केन्द्र प्रमुख, उपप्रमुख भएर चलाइरहनु भएको छ ।” महिलाहरुमा नेतृत्व क्षमताको विकास भएर हाल जनप्रनितिधि भएर काम गरिरहेको मण्डलले बताउनुभयो ।

कार्यक्रममा शाखा प्रमुख शर्मिलाकुमारी चौधरीले शाखाको गतिविधिबारे जानकारी दिनुहुँदै संस्थामा आबद्ध सदस्यहरु सुकुम्बासीबाट जग्गाधनी बनिसकेको बताउनुभयो । सदस्यहरुको आय आर्जनमा बृद्धि भएर आत्मनिर्भर बनिरहेको उहाँले बताउनुभयो ।

भद्रपुर–३ स्थित महेशपुरमा निःशल्क बालबालिका अध्ययन केन्द्र स्थापना, दुई जना विपन्न परिवारको घर निर्माण, सुत्केरी सदस्यलाई पोषण सामग्री प्रदान, वृक्षारोपण, सीपमूलक तालिम, अध्ययन अवलोकन भ्रमण लगायतका कार्य गरिएको शाखा प्रमुख चौधरीले बताउनुभयो ।

कार्यक्रममा हल्दिबारी–२ की वडा सदस्य रचना कुलुङ, जनप्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका झापा जिल्ला प्रमुख मनोजकुमार मण्डलले गर्नुभएको थियो ।

झापाका चार पालिका भद्रपुर, बिर्तामोड, मेचीनगर र हल्दिबारी कार्यक्षेत्र रहेको यो शाखा अन्तरगत ३ हजार ६३५ सदस्य आबद्ध छन् । शाखा अन्तरगत ११ करोड ७० लाख ८८ हजार ७२३ बचत रहेको छ भने २८ करोड ४६ लाख ७६ हजार ७६५ रुपैयाँ ऋण लगानी रहेको छ ।

भद्रपुर शाखा अन्तरगत शाखा प्रमुख शर्मिलाकुमारी चौधरी, बरिष्ठ सहायक पर्चोकुमार माझी, सहायक सिर्जना रानामगर, प्रितीकुमारी साह, कनिष्ट सहायक गंगा मंग्राती, प्रतिमा साह र कार्यालय सहयोग सरोज न्यौपानेले सदस्यहरुलाई सेवा प्रवाह गर्दै आउनुभएको छ ।

The post जीवन विकास लुघवित्तद्वारा बालबालिकाको अभिभावकत्व ग्रहण, उत्कृष्टलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register