गृहमन्त्री लेखककै भनाइ स्मरण गराउँदै रास्वपाले माग्यो राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषय बाहिर आएपछि रास्वपाले राजीनामा मागेको हो । रास्वपाले गम्भीर प्रकृतिको यो आरोपबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्रीले यथाशीघ्र पदबाट राजीनामा दिनुपर्ने स्पष्ट माग गरेको हो । रास्वपाले विज्ञप्ति जारी गर्दै सरकारमा रहेका […]

May 24, 2025 - 14:11
 0
गृहमन्त्री लेखककै भनाइ स्मरण गराउँदै रास्वपाले माग्यो राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषय बाहिर आएपछि रास्वपाले राजीनामा मागेको हो ।

रास्वपाले गम्भीर प्रकृतिको यो आरोपबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्रीले यथाशीघ्र पदबाट राजीनामा दिनुपर्ने स्पष्ट माग गरेको हो ।

रास्वपाले विज्ञप्ति जारी गर्दै सरकारमा रहेका दुई ठूला दलहरूको १० महिने गठबन्धनले मुलुकमा निराशा थपेको र सुशासनको धज्जी उडाएको आरोपसमेत लगाएको छ ।

“काम गर्न खोज्नेहरूलाई लखेट्ने र संवैधानिक निकायहरूलाई दलीयकरण गर्ने गैरराजनीतिक अभ्यास भइरहेको सन्दर्भमा गृह मन्त्रालय नै मानव तस्करीजस्तो आपराधिक क्रियाकलापमा मुछिनु गम्भीर विषय हो,” विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले लेखकले अघिल्लो समयमा सदनमै उठाएको “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ” भन्ने भनाइलाई स्मरण गराउँदै सोही आधारमा अहिलेको गृहमन्त्रीले पनि त्यही नजिर पालना गर्नुपर्ने बताएको छ ।

साथै, रास्वपाले न्यायालयले सभापति रवि लामिछानेसम्बन्धी गरेको पछिल्लो निर्णय कानुनी रूपमा स्वीकार गरे पनि त्यसमा प्रयोग गरिएका तर्क र विषयगत निष्कर्षप्रति असहमति जनाएको छ । पार्टीले सहकारी मुद्दालाई जबरजस्ती जोडेर राजनीतिक प्रतिशोध देखिएको आशंका व्यक्त गर्दै न्यायप्रणालीमा जनताको विश्वास कमजोर नहोस् भन्ने चिन्ता व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register