गभर्नरले स्वीकारेनन् डा. गुणाकर भट्टको राजिनामा, उल्टै दिए गभर्नर कार्यलयको जिम्मा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा अस्वीकृत भएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले भट्टको राजिनामा अस्वीकृत  गरेका हुन् । राजिनामा अस्वीकृत गर्दै भट्टलाई गभर्नरले नयाँ जिम्मेवारी दिएका छन् । यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई गभर्नर पौडेलले गभर्नर कार्यलयको जिम्मेवारी दिएका हुन् । भट्टलाई गभर्नर कार्यलयको जिम्मेवारी दिएसँगै रिक्त […]

May 25, 2025 - 11:50
 0
गभर्नरले स्वीकारेनन् डा. गुणाकर भट्टको राजिनामा, उल्टै दिए गभर्नर कार्यलयको जिम्मा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा अस्वीकृत भएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले भट्टको राजिनामा अस्वीकृत  गरेका हुन् ।

राजिनामा अस्वीकृत गर्दै भट्टलाई गभर्नरले नयाँ जिम्मेवारी दिएका छन् । यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई गभर्नर पौडेलले गभर्नर कार्यलयको जिम्मेवारी दिएका हुन् ।

भट्टलाई गभर्नर कार्यलयको जिम्मेवारी दिएसँगै रिक्त रहेको अनुसन्धान विभागको जिम्मा डा. रामशरण खरेललाई दिइएकाे छ । खरेल यसघि मानव संशाधन विभागमा थिए । त्यस्तै, मानव संशाधन विभागको जिम्मा भने कार्यकारी निर्देशक विश्रुत थापालाई दिइएको छ ।

नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत बैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register