तीनकुने घटनाबारे धवलशमशेरको बयान : सबै जिम्मेवारी दुर्गा प्रसाईंको हो

काठमाडौं । चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको भन्दै राप्रपाका महामन्त्री धवनलशमशेर राणाविरुद्ध चारवटा कसुरमा मुद्दा दायर भएको छ । उनीविरुद्ध आइतबार राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको हो । तीनकुने घटनापछि सोही राति पक्राउ परेका राणा उपचारका लागि प्रहरी हिरासतबाट छुटेका थिए । उनीविरुद्ध जिल्ला सरकारकी […]

May 25, 2025 - 14:08
 0
तीनकुने घटनाबारे धवलशमशेरको बयान : सबै जिम्मेवारी दुर्गा प्रसाईंको हो

काठमाडौं । चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको भन्दै राप्रपाका महामन्त्री धवनलशमशेर राणाविरुद्ध चारवटा कसुरमा मुद्दा दायर भएको छ । उनीविरुद्ध आइतबार राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको हो ।

तीनकुने घटनापछि सोही राति पक्राउ परेका राणा उपचारका लागि प्रहरी हिरासतबाट छुटेका थिए । उनीविरुद्ध जिल्ला सरकारकी वकिल कार्यालयले चारवटा कसुरमा मुद्दा दर्ता गरे पनि बयानमा भने उनले सबै दोष दुर्गा प्रसाईंमाथि थोपारेका छन् ।

उनले बयानमा आफू केवल अतिथिको रूपमा कार्यक्रममा सहभागी भएको र कुनै हिंसात्मक गतिविधिमा संलग्न नभएको दाबी गरेका छन् ।

सरकारी वकिल समक्ष गरेको बयानमा उनले भनेका छन्, ‘कार्यक्रमको योजना, व्यवस्थापन, संचालन र खर्च व्यवस्थापनसमेत सबै दुर्गा प्रसाद प्रसाईंले गरेका हुन् । उक्त कार्यक्रमको व्यवस्थापनमा मेरो कुनै भूमिका छैन ।’

गत पुस १५ गते तीनकुनेमा राजसंस्था पुनःस्थापनाका लागि आयोजित कार्यक्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आफू मञ्चबाट ओर्लेर सुरक्षित स्थानमा लुकेको उनको भनाइ छ ।

‘प्रहरीले फायर गरेको अश्रुग्यासको धुँवाको कारणले कतै जान असहज अवस्था भएकोले मञ्चको पछाडि मुख्य सडकको उत्तरतर्फ रहेको गल्लीभित्र छिरी सोही स्थानमा रहेको रेष्टुरेन्टमा सटर लगाएर करिब २ घन्टा बसेको हो,’ उनले बयानमा भनेका छन् ।

भिडिओमा देखिएको विवादास्पद अभिव्यक्तिबारे राणाले स्वीकार गरेका छन् । ‘भ्रष्टाचारीलाई किरा परोस् भन्ने लेखिएको निलो टिसर्ट र निलो टोपी लगाएर हामी अगाडि बढ्ने हो, प्रहरीसित डराउने होइन, यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो’ भन्ने अभिव्यक्ति आफैंले दिएको हो ।’

तर उनले यसको व्याख्या गर्दै भनेका छन्, ‘सो कुरा उक्त दिनको प्रदर्शनमा मन्तव्य दिनका लागि बनाइएको मञ्चमै प्रहरीबाट अश्रुग्यास प्रहार भइसकेपछि असहज अवस्थामा आवेशमा बोलेको हो ।’ उनले यसको मतलब हिंसा गर वा हिंसाका लागि अगाडि बढ भन्ने बिल्कुलै नभएको दाबी गरेका छन् ।

दुर्गा प्रसाईलाई देखाए मुख्य दोषी ठहर

उनले सम्पूर्ण घटनाको मुख्य योजनाकार र संचालक दुर्गा प्रसाद प्रसाईलाई ठहराएका छन्। ूसंसद भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनी अभिव्यक्ति दिने व्यक्ति म होइन, प्रतिवादी दुर्गा प्रसाद प्रसाई हुन्, भिडिओमा नै देखिन्छ,ू उनले बयानमा स्पष्ट पारेका छन्।

डा। जबराले आफू संविधान अनुरूप विधायिकाको सदस्य समेत भएकाले कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नभएको र सो गराउने कार्यमा कसैलाई दुरुत्साहन नदिएको जोड दिएका छन्।

धवलशमशेर  राणाको बयानः

मितिः २०८१।१२।१५ गते जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३२ तीनकुने वडा एरियामा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन कार्यक्रम दुर्गा प्रसाद प्रसाईले नै आयोजना गरेका हुन् । कार्यक्रमको योजना, व्यवस्थापन, संचालन र खर्च व्यवस्थापन समेत सबै दुर्गा प्रसाद प्रसाईले गरेका हुन्। उक्त कार्यक्रमको योजना, व्यवस्थापन, संचालन र खर्च व्यवस्थापन समेतमा मेरो कुनै भुमिका छैन । मितिः २०८१/१२/१५ गते अं. १३:०० बजेको समयमा राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदी लगायत मोटरसाइकल जुलुस सहित म, नवराज सुवेदी, हरि बहादुर बस्नेत, डा.प्रकाश चन्द्र लोहनी, रविन्द्र मिश्र मोटरसाईकल ऱ्याली भन्दा अगाडि गाडीमा बसी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३२ तिनकुने स्थितमा रहेको कार्यक्रमको मन्चमा गएको हुँ।

उक्त कार्यक्रममा अतिथिको रुपमा मात्र सभामा सहभागी भई मौका पाएमा सभालाई सम्बोधन गर्नका लागि सहभागी हुन गएको हुँ। कार्यक्रमको मञ्चमा बस्न लाग्दा एक्कासी अश्रुग्याँसको धुवा आएपछि म लगायत सबै जना मञ्चबाट ओर्लियौं र मञ्चको पछाडि राखिएको नवराज सुवेदीको गाडी भित्र करिब आधा घण्टा बसें। स्थिती अलि साम्य भएपछि सहभागीलाई एकिकृत हुनको लागि आह्वान गरेर मञ्चबाट ओर्लेपछि प्रहरीले फायर गरेको अश्रुग्याँसको धुँवाको कारणले कतै जान असहज अवस्था भएकोले मञ्चको पछाडि मुल सडकको उत्तरतर्फ रहेको गल्ली भित्र छिरी सोही स्थानमा रहेको रेष्टुरेण्टमा सटर लगाएर करिव २ घण्टा बसेको हो । कार्यक्रमको आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी होईन।

नवराज सुवेदी संयोजक रहेको राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र सदस्य सचिवमा रविन्द्र मिश्र हुनुहुन्थ्यो भने सदस्यहरूमा म आफैं, हरि बहादुर बस्नेत, डा. प्रकाशचन्द्र लोहनी, अस्मिता भन्डारी, दुर्गा प्रसाद प्रसाई र रमा सिंह समेत थियौं । सो समितिको प्रवक्तामा स्वागत नेपाल र बरिष्ठ सल्लाहकारमा जगमान गुरुङ हुनुहुन्छ, यो कहिंकतै दर्ता नभएको अनौपचारिक राजनैतिक प्रकृतिको समिति हो। राजसंस्था र हिन्दू अधिराज्य पुनर्स्थापना गर्ने गराउने प्रयोजनका लागि नवराज सुवेदीको संयोजकत्वमा मूल समिति मितिः २०८१।१२।१४ मा गठन भएको थियो। सो मूल समितिले मलाई सोही दिन आन्दोलन परिचालन समितिको संयोजक तोकेको थियो। म संयोजक रहेको सो समितिको कार्य शान्तिपूर्ण आन्दोलनको संयोजन र परिचालन गर्ने हो। तर सो समिति सकृय भएकै छैन। मितिः २०८१।१२।१५ गते तिनकुनेमा भएको प्रदर्शनको मूल आयोजक दुर्गा प्रसाद प्रसाई भएको र निजले नवराज सुवेदीलाई उक्त प्रदर्शनमा सहभागिताको लागि अनुरोध गरेकोमा नवराज सुवेदी संयोजक भएको मूल समितिको सदस्य पनि भएको र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राजसंस्था र हिन्दू अधिराज्य पुनर्स्थापना गर्ने गराउनेहरूसंग सहकार्य गर्ने निर्णय गरेको आधारमा म अतिथी सहभागीको हैसियतमा तीनकुनेमा भएको प्रदर्शन सभामा मन्तव्य राख्ने उद्देश्यले सहभागी भएको हुँ।

म व्यक्तिगत र मेरो पार्टी हिंसात्मक प्रदर्शनको पक्षमा छैन । मेरो नेतृत्वमा हिंसात्मक गतिविधि भएको भन्ने कुरा सरासर गलत हो। मिसिल संलग्न रहेको प्रहरी प्रतिवेदन साथ पेश भएको भिडियो क्लिपहरू मलाई देखाउदा देखी पाएँ। “भ्रष्टाचारी लाई किरा परोस्” भन्ने लेखिएको निलो टिसर्ट र निलो टोपी लगाएको र “हामी अगाडि बढ्ने हो, प्रहरी सित डराउने होईन, यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो” भन्ने समेतको अभिव्यक्ति दिने व्यक्ति म हुँ। सो कुरा उक्त दिनको प्रदर्शनमा मन्तव्य दिनको लागि बनाईएको मञ्चमै प्रहरीबाट अश्रुग्याँस प्रहार भईसकेपछि असहज अवस्थामा आवेशमा बोलेको हो। उक्त अभिव्यक्तिको मतलब हिंसा गर वा हिंसाको लागि अगाडि बढ भन्ने विलकुलै होईन, मैंले निषेधित क्षेत्र तोड्न, संसद भवनमा जानको लागि भनेर उक्त अभिव्यक्ति दिएकै होईन र मेरो अभिव्यक्तिमा निषेधित क्षेत्र तोड्ने र संसद भवन जाने कुरा हुँदा पनि छैन, मैले त हो-हल्ला र अशान्तिको बातावरण भएको बेलामा पनि सहभागीहरूलाई संयमित हुन र दूंगामुढा र तोडफोड नगर्नका लागि मैंले सोही नै मञ्चबाटै आह्वान गरेको सोही भिडियोमा देखिन्छ, सुनिन्छ । मैले हिंसात्मक गतिविधिको लागि दुरुत्साहन दिएको र राज्य विरुद्दको कसूर गरेको छैन।

हिंसात्मक गतिविधि शुरु हुनु अगावै म हिंसात्मक गतिविधिबाट आफू बच्नका लागि सुरक्षित स्थानमा गई बसेकोले त्यस्तो गतिविधिमा संलग्नहरू को को हुन् र के केसरी हिंसात्मक गतिविधि भयो भन्ने कुरा मलाई थाहा छैन। मितिः २०८१।१२।१५ गतेका दिन जिल्ला काठमाडौँ, कामपा वडा नं. ३२ तिनकुनेमा सुरक्षाका लागि खटिएका प्रहरी तर्फ बा.प्र.०१-०२७ च ३६४७ नंबरको कार जबरजस्ती कुदाएको भिडियोमा देखिने मानिस दुर्गा प्रसाद प्रसाई नै हुन् । आगजनी एवं तोडफोड गर्ने मानिसहरू म कोही कसैलाई चिन्दिनँ। उक्त समयमा म रोडको भित्री गल्लीमा सटर भित्र बमितिः २०८१ चैत्र १५ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३२ तीनकुनेमा घर आगजानी गरेको बारेमा सो घर जलेर धुँवा निस्केको मैंले रेष्टुरेण्टमा सटर लगाई बस्दा देखेको हुँ। समाचारहरूबाट उक्त घरमा एभिन्युज टेलिभिजनको पत्रकारको रुपमा खटिएका सुरेश रजकको जलेर मृत्यु भएको भन्ने थाहा पाएँ। सो घरमा आगजानी गर्ने गराउने व्यक्ति को हुन् भन्ने मलाई थाहा छैन। म कार्यक्रम स्थलको मञ्चमा पुगेको केही समय पछि दुर्गा प्रसाद प्रसाई कोटेश्वर तर्फबाट आई मञ्चमा नआईकन सिधै प्रहरीलाई पेलेर बानेश्वरतिर गएको भन्ने सुनेको हुँ।

मितिः २०८१/१२/१५ गते भएको हिंसात्मक घटनाको लागि आह्वान गर्ने, भड्काउने, गैरकानुनी तरिकाले राज्य सत्ता कब्जा गर्ने कार्यमा म तथा मेरो पार्टीका नेता र कार्यकर्ताहरूबाट भएकै छैन । राष्ट्र राष्ट्रियता धर्म, संस्कृति र नागरिक वचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाद प्रसाईले आयोजना गरेको मितिः २०८१/१२/१५ गतेको कार्यक्रममा बोलाएकोले अतिथिको रुपमा म र मेरो पार्टी सहभागी भएको हो । RTF (Royal Tiger Force), ATF (अनवरत तत्पर फौज), PDF Public Defense Force) शाही युवा शक्ति नेपाल, शिव सेना नेपाललाई म तथा मेरो पार्टीले कुनै निमन्त्रणा पठाएको छैन। बोलाएको पनि होईन निजहरू स्वतस्फुर्त रुपमा उपस्थित भएका हुन्। म संविधान अनुरुप विधायिकाको सदस्य समेत हुँ। म कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न छैन र सो गराउने कार्यमा कसैलाई दुरुत्सान दिएको, उक्साएको र प्रभाव पारेको समेत छैन भन्ने समेत व्यहोराको प्रतिवादीको बयान ।सेको थिएँ। विभिन्न स्थानमा भएका तोडफोड र क्षति सम्बन्धमा सामाजिक सञ्जाल र समाचारहरूबाट थाहा पाएको हुँ। ती कुनै कार्यमा मेरो संलग्नता छैन ।

प्रतिवादी डा. धवल शम्सेर जबराले आपराधिक उपद्रव गर्न नहने कसरमा गरेको बयान

म बाट प्रहरी प्रतिवेदन समेतमा उल्लिखित आपराधिक कार्य भए गरेको छैन । सो कार्य गर्नको निमित्त मैले कोही कसैलाई प्रोत्साहन गर्ने, दरुसाहित दिने र निर्देशन दिने समेतको कार्य गरेको छैन, थिएन। संसद भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनी अभिव्यक्ति दिने व्यक्ति म होईन, प्रतिवादी दुर्गा प्रसाद प्रसाई हुन्, भिडियोमा नै देखिन्छ। संसद भवन लगायतका संवेदनशील संरचनाहरू कब्जा गर्न भनी मैले कोही कसैलाई खटाएको छैन। अन्यले खटायो वा खटाएन सो सम्बन्धमा मलाई थाहा छैन। संसद भवनमा उक्त व्यक्तिलाई निगरानी गर्न भनी मैले पठाएको होईन, छैन । महाअभियान नेपाल, अनवरत तत्पर फौज (ATF), शिव सेना र PDF समेतको कार्यालय रहेको भवन कोठाहरूको खानतलासी गरी तयार गरिएका मुचुल्काहरू र बरामद भई आएका पर्चा, पम्प्लेट, झण्डा, टिसर्ट, पदीय हैसियत सहितको नामवली, निर्णय माईन्यट लगायतका कागजातहरू समेत देखाई पढी वाँची सुनाउँदा देखें। उक्त बरामद दशीहरूको सम्बन्धमा मलाई कुनै जानकारी छैन।

बरामद माईन्युट र निर्णय कागजातहरू कहीं कतै मेरो नाम र हस्ताक्षर नभएको हुँदा सो विषयमा म जानकार विहिन छु। संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको मितिः २०८१/१२/१५ गते तिनकुने स्थित कार्यक्रममा कार्यक्रम संचालन हुनुपूर्व “नेताको घर दैलो घर दैलो आगो लगाउने हो। अब हामी यहाँ देउसी भैलो खेल्न आको होईन। अब त आगो लगाउने हो अब जय नेपाल जय राष्ट्रवाद” भनि स्टेजमा दिएको मन्तब्य सहितको मिसिल संलग्न भिडियो क्लिप खोली देखाउँदा देखें। भिडियोमा देखिएको उक्त अभिव्यक्ति दिने व्यक्ति को हुन्, म चिन्दिनँ। साथै उक्त भिडियोमा म छैन। मितिः २०८१।१२।१५ गते तिनकुने स्थित कार्यक्रममा उदघोषण गर्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानकासंगठन विभाग प्रमुखका सचिव प्रेमदिप लिम्बुले कार्यक्रम संचालन हुनु पूर्व “हाम्रो सर्वोच्च जनकमाण्डर र आज यहाँबाट घोषणा भएर हामी कता कता जाँदैछी अहिले भन्दैनौ गई सकेपछि देखी हाल्नु हुन्छ होकी होईन ? कता पस्छी तपाईलाई थाहा छ, यहाँ के के कति वटा छ सबै थाहा भै सक्यो, काठमाडौं उपत्यकाले सबै जानकारी लिई सकेको छ होकी होईन ?” भनि भनेको मिसिल संलग्न भिडियो क्लिप खोली देखाउँदा देखें।

उक्त भिडियोमा देखिएका अभिव्यक्ति दिने व्यक्तिलाई म चिन्दिनँ । सन्तोष शिलवाल, सतिस न्यौपाने, शिशिर जि.सी., कुमार बस्नेत लगायतका व्यक्तिहरू राजावादी समर्थक रहेका हुँदा मेरो निजहरू सँग सोही विषयमा राजसंस्था पुनस्र्थापना सम्बन्धी कहिले कसो कुराकानी हुनु स्वभाविकै हो । मेरो स्वास्थ्य अवस्था बुझ्न पनि कहिले काँही फोन सम्पर्क गर्ने गर्थे। तर निजहरूको सङ्गठनसँग मेरो कुनै किसिमको सम्बन्ध छैन। म संसद भवनतर्फ गएको पनि छैन र मैले कोही कसैलाई संसद भवन कब्जा गर्न जानु भनि प्रोत्साहन दिने अभिव्यक्ति दिएको पनि छैन भन्ने समेत व्यहोराको प्रतिवादी बयान।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register