एथ्लेटिकलाई पराजित गर्दै बार्साले जित्यो घरेलु ट्रेबल उपाधि

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले एथ्लेटिक क्लबलाई पराजित गर्दै यस सिजनको घरेलु ट्रेबल उपाधि जितेको छ। आइतबार भएको खेलमा बार्सा ३-० गोलले विजयी भएको हो । जहाँ रोबर्ट लेवान्डोस्कीले मात्रै दुई गोल गरे। लिगको दुई खेल बाँकी छँदै आफ्नो २८ औँ लिग उपाधि पक्का गरिसकेको हान्सी फ्लिकको टोलीले १४औँ मिनेटमा आफ्नो १००औँ लिग […]

May 26, 2025 - 01:57
 0
एथ्लेटिकलाई पराजित गर्दै बार्साले जित्यो घरेलु ट्रेबल उपाधि

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले एथ्लेटिक क्लबलाई पराजित गर्दै यस सिजनको घरेलु ट्रेबल उपाधि जितेको छ। आइतबार भएको खेलमा बार्सा ३-० गोलले विजयी भएको हो । जहाँ रोबर्ट लेवान्डोस्कीले मात्रै दुई गोल गरे।

लिगको दुई खेल बाँकी छँदै आफ्नो २८ औँ लिग उपाधि पक्का गरिसकेको हान्सी फ्लिकको टोलीले १४औँ मिनेटमा आफ्नो १००औँ लिग गोल पूरा गरेको थियो। लेवान्डोस्कीले गोलकिपर उनाई सिमोनलाई बिट गर्दै उत्कृष्ट चिप गोल गरे। त्यसको तीन मिनेटपछि नै राफिन्हाको कर्नरमा हेडमार्फत गोल गर्दै उनले अग्रता दोब्बर पारे। यस सिजन लेवान्डोस्कीको यो लिगमा २७औँ तथा समग्रमा ४०औँ गोल थियो।

खेलको इन्जुरी समयको चौथो मिनेटमा सब्सिच्युट खेलाडी डानी ओल्मोले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। यस जितसँगै बार्सिलोनाले २८ जित र चार बराबरीसहित कुल ८८ अंकका साथ लिगको अन्त्य गर्‍यो। उनीहरू दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा चार अंकले अगाडि रहे। जर्मन प्रशिक्षक फ्लिकले बार्सिलोनाको जिम्मेवारी सम्हालेको पहिलो सिजनमै ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप गरी तीन उपाधि जिते।

पहिलो हाफमा बार्सिलोनाको दबदबा रहे पनि एथ्लेटिक क्लबले दुईवटा राम्रा अवसर पाएको थियो। मारोआन सन्नादीले पाएका दुवै अवसरलाई सदुपयोग गर्न सकेनन्।

दोस्रो हाफको सुरुवातमै लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्ने केही अवसर गुमाए। यसैगरी, एथ्लेटिक क्लबले पनि बार्सिलोनाका सेन्टर-ब्याक पाउ कुबासीको हेडर क्रसबारमा लागेर फर्किँदा गोल गर्ने मौकाबाट चुक्यो।

८९औँ मिनेटमा मैदानबाट बाहिरिँदा डे मार्कोसलाई सान मामेसका दर्शकले भव्य स्वागत गर्दै सम्मान प्रकट गरे। उनले कप्तानको आर्मब्यान्ड भावी कप्तान इनाकी विलियम्सलाई हस्तान्तरण गरे। यद्यपि, अन्तिममा बार्सिलोना नै हाबी भयो। युरी बर्चीचेले बक्सभित्र ओल्मोलाई लडाएपछि पाएको पेनाल्टीमा ओल्मोले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

च्याम्पियन्स लिगमा छनोट भइसकेको एथ्लेटिक क्लब ७० अंकका साथ लिगमा चौथो स्थानमा रह्यो, जुन पाँचौँ स्थानमा रहेको भियारियालको अंक बराबर हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register