युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो आक्रमणपछि ट्रम्पले पुटिनलाई दिए ‘पागल’को संज्ञा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘पागल’ को संज्ञा दिएका छन् । मस्कोले युक्रेनमा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। ट्रम्पले भने, “उनलाई के भयो र? उनले धेरै मानिस मारिरहेका छन्।” आइतबार राति रुसले युक्रेनमा ३६७ ड्रोन र मिसाइल प्रहार गर्दा कम्तिमा १२ जनाको मृत्यु हुनुका […]

May 26, 2025 - 04:41
 0
युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो आक्रमणपछि ट्रम्पले पुटिनलाई दिए ‘पागल’को संज्ञा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘पागल’ को संज्ञा दिएका छन् ।

मस्कोले युक्रेनमा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। ट्रम्पले भने, “उनलाई के भयो र? उनले धेरै मानिस मारिरहेका छन्।”

आइतबार राति रुसले युक्रेनमा ३६७ ड्रोन र मिसाइल प्रहार गर्दा कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्। जुन पुटिनले २०२२ मा  आक्रमण सुरु गरेयता एकै रातमा भएको सबैभन्दा ठुलो आक्रमण हो।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालैका रुसी आक्रमणहरूमा वाशिंगटनको ‘मौनता’ले पुटिनलाई प्रोत्साहन गरिरहेको बताएका थिए। उनले मस्कोमाथि ‘कडा दबाब’ का साथै थप प्रतिबन्धहरू गर्न आग्रह गरेका थिए।

सोमबार बिहानै युक्रेनका धेरै क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणको चेतावनी दिने हवाई साइरनहरू बजेका थिए। उत्तर-पूर्वी शहर खार्किभमा  एक बच्चासहित कम्तिमा तीन जना घाइते भएको बीबीसीले बताएको छ ।

आइतबार राति न्यू जर्सीमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पुटिनबारे भने, “मैले उनलाई लामो समयदेखि चिनेको छु, सधैं उनीसँग राम्रो सम्बन्ध थियो, तर उनले शहरहरूमा रकेट पठाइरहेका छन् र मानिसहरूलाई मारिरहेका छन्, र मलाई यो बिल्कुल मन परेको छैन।”

रुसमाथि अमेरिकी प्रतिबन्ध बढाउने विचार गरिरहनुभएको छ कि भन्ने प्रश्नमा ट्रम्पले “निश्चित रूपमा” जवाफ दिए। अमेरिकी राष्ट्रपतिले यसअघि पनि यस्तो धम्की दिएका थिए – तर मस्कोविरुद्ध कुनै प्रतिबन्ध लागू गरेका छैनन्।

त्यसको केही बेरपछि, ट्रम्पले ट्रुथ सोसलमा एक पोस्टमा लेखे  पुटिन “एकदमै पागल भएका छन्।”

गत हप्ता, ट्रम्प र पुटिनबीच युद्ध रोक्न अमेरिकी-प्रस्तावित युद्धविराम सम्झौताबारे दुई घण्टा टेलिफोन वार्ता भएको थियो। अमेरिकी राष्ट्रपतिले त्यो कल “धेरै राम्रो” भएको विश्वास व्यक्त गर्दै रुस र युक्रेनले युद्धविराम र “युद्धको अन्त्य” तर्फ तुरुन्तै वार्ता सुरु गर्ने बताएका थिए। तर हालसम्म  प्रमुख बन्दी आदानप्रदान बाहेक, युद्धविराममा कुनै खास प्रगति  भएको छैन।

२०२२ पछि पहिलो प्रत्यक्ष युक्रेनी-रुसी वार्ता मे १६ मा टर्कीको इस्तानबुलमा भएको थियो।

रुसले हाल युक्रेनी भूमिको लगभग २०% नियन्त्रणमा राखेको छ। जसमा २०१४ मा मस्कोद्वारा कब्जा गरिएको युक्रेनको दक्षिणी प्रायद्वीप क्राइमिया पनि समावेश छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register