कृषिलाई प्रविधिसँग जोड्ने आद्यन्त फन्डको ‘डायल’ परियोजना

काठमाडौं । कृषिलाई प्रविधिसँग जोड्ने उद्देश्यले आद्यन्त फन्ड म्यानेजमेन्टले डिजिटिल इनोभेन इन एग्रिकल्चर एण्ड लजिस्टी (डायल) परियोजना अघि बढाएको छ । यसअन्तर्गत कृषिका विभिन्न आयाममा काम गर्ने सात कम्पनीलाई आफ्नो प्रविधि प्रणाली विकासका लागि डायलअन्तर्गत सहयोग गरेको छ । स्विस सरकारको सहयोगमा अद्यन्त फाउन्सेनले डायल परियोजना सञ्चालन गरेको हो ।  सात विभिन्न कम्पनीलाई डायलले प्रविधि […]

May 26, 2025 - 16:43
 0
कृषिलाई प्रविधिसँग जोड्ने आद्यन्त फन्डको ‘डायल’ परियोजना

काठमाडौं । कृषिलाई प्रविधिसँग जोड्ने उद्देश्यले आद्यन्त फन्ड म्यानेजमेन्टले डिजिटिल इनोभेन इन एग्रिकल्चर एण्ड लजिस्टी (डायल) परियोजना अघि बढाएको छ । यसअन्तर्गत कृषिका विभिन्न आयाममा काम गर्ने सात कम्पनीलाई आफ्नो प्रविधि प्रणाली विकासका लागि डायलअन्तर्गत सहयोग गरेको छ ।

स्विस सरकारको सहयोगमा अद्यन्त फाउन्सेनले डायल परियोजना सञ्चालन गरेको हो ।  सात विभिन्न कम्पनीलाई डायलले प्रविधि प्रणाली विकासका लागि उपयोगी तालिम दिँदै ३२ देन ह्याकाथन सञ्चालन गरेको थियो । आद्यन्त फन्ड म्याजेनमेन्टका अध्यक्ष मनोज पौडेलले सहभागीहरूको सफलताप्रति शुभकामना व्यक्त गरे । ‘उहाँहरूले ३२ घण्टे ह्याकाथनका बेलामा नसुती—नसुती आफ्ना प्रडक्ट फाइनल गर्नुभएको थियो । उहाँहरूको यो मेहनत र हौसला कायम रहोस् । डायल कार्यक्रममा सहभागी भएर उहाँहरूले हासिल गरेका उपलब्धिले यो समाजमा उद्यमशीलता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने ।

कार्यक्रममा दैलो कृषि, आर एन्ड डी सोलुसन्स, एग्रिबाटो, डा. फिस, पिक एन्ड ड्रप, थोप्लो मेशिन र प्लान्ट स्याटगरी कृषि तथा लजिस्टिक क्षेत्रमा प्रविधिको प्रयोगमार्फत सहजता र पारदर्शीता ल्याउने लक्ष्य राखेका ७ कम्पनीहरूलाई तालिम प्रदान गरिएको थियो ।

स्विस सरकार विकास सहयोगकी प्रतिनिधि सिसिल रिभेराले कृषिमा सिर्जनशिलता र नवप्रवर्तनमा स्विस सरकारले सधैँ साथ दिने बताइन् । ‘स्विट्जरल्यान्ड निकै पुरानो परम्परागत कृषि खेती भएको देश हो र कृषिमा आधुनिकीकरणमा यसले अग्रणी भूमिका खेलिरहेको छ । चिज, चकलेट र इनोभेशन जोड्दा स्विट्जरल्यान्ड बन्छ,’ उनले भनिन्, त्यहीकारण त्यहीकारण एसडिसीले पनि उद्यमीहरूलाई नवप्रवर्तनमा सहयोग र हौसला दिँदै आएको छ । कार्यक्रममा विभिन्न कम्पनीहरूले पिच गरेका आइडिया देखेर निकै खुसी लागेको उनले बताइन् ।’

डायलमा छनाेट भएका कम्पनीमध्ये दैलो कृषिले प्रविधिको प्रयोगमार्फत किसानबाट स्थानीयस्तरमा उत्पादित कृषि सामाग्री मानिसको घरदैलोमा पुर्‍याउने गरेको छ । एग्रिबाटो नेपाल नामक एपले माटोदेखि बजारसम्म भन्ने नारासहित कृषि उत्पादनको प्रवर्द्धनमा काम गरिरहेको छ ।

एग्रिबाटोले किसानलाई थोक व्यापारीसँग जोड्ने काम गर्छ । एग्रिबाटो एप डाउनलोड गरेर किसानहरुले सोझै खरिदकर्तासँग सम्पर्क गर्न र बजार मूल्यको रियल टाइम अपडेट लिन सक्छन् । । डा. फिसले माछापालक किसानलाई पानीको गुणस्तर पहिचान गर्न र माछामा लाग्ने सम्भावित रोगहरूबाट जोगाउनका लागि विशेष यन्त्र विकास गरेको छ । लजिस्टिक क्षेत्रमा पाँच वर्षदेखि कार्यरत कम्पनी पिक एन्ड ड्रपले सामाजिक सञ्जालमा आउने अर्डरलाई अटोमेशन प्रविधिमार्फत आफ्नो सिस्टममा तान्ने प्रविधि विकास गरेको छ ।

त्यस्तै स्मार्ट ग्राफ्टिङ प्रणाली, सिँचाई नियन्त्रक प्रणालीलगायत प्रविधि विकास गरिसकेको थोप्लो मेशिनले  अंकुरण र कलमी गर्ने अटोमिक प्रणालीको विकासमा थप काम गरिरहेको छ ।

प्लान्ट स्याटले लामो समयदेखि कृषकलाई बीमाका लागि प्रोत्साहन गर्दै आएको छ । उक्त कम्पनीले डायल एक्सिलेटर कार्यक्रममा सहभागी भएर स्याटेलाइटमार्फत कृषिबालीको अवस्था पत्ता लगाउने प्रविधि विकासमा काम गरिरहेको छ ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register