कैलालीमा कैदीको मृत्यु प्रकरण : नेपाल प्रहरीका सई पक्राउ

काठमाडौं । कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई)लाई पक्राउ गरिएको छ । सई हरजित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले नेपालभ्युजलाई जानकारी दिए । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई नाथविरुद्ध जोहरी परेपछि अनुसन्धानका लागि […]

Jun 19, 2025 - 11:23
 0
कैलालीमा कैदीको मृत्यु प्रकरण : नेपाल प्रहरीका सई पक्राउ

काठमाडौं । कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई)लाई पक्राउ गरिएको छ ।

सई हरजित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले नेपालभ्युजलाई जानकारी दिए ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई नाथविरुद्ध जोहरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गर्नुपरेको उनले बताए ।

‘पक्राउ गरेर उहाँ (सई नाथ)लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उहाँमाथि अनुसन्धान भइरहेको छ,’ डीएसपी सिंहले भने ।

नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन् । पालीलाई कैलाली जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

मृतककी श्रीमती जानकी साउदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख वसन्तबहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिएको बताइएको छ ।

पाली गत जेठ २ गते राति कारागारकाे बाथरुमनजिकै अचेत अवस्थामा भेटिएका थिए । तत्काल सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति उनको मृत्यु भएको थियो ।

मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आशंकासहित उजुरी दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register