तीनकुने घटनामा गोली लागेकी रेविकाको न्यायका लागि प्रदर्शन, आठ जना पक्राउ (तस्वीरहरू)

काठमाडौं । गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले नयाँ बानेश्वरस्थित संसद् भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् । प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका […]

May 28, 2025 - 09:16
 0
तीनकुने घटनामा गोली लागेकी रेविकाको न्यायका लागि प्रदर्शन, आठ जना पक्राउ (तस्वीरहरू)

काठमाडौं । गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले नयाँ बानेश्वरस्थित संसद् भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् । प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन् ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register