गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका निम्ति मात्रै भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरुको गणतन्त्र बनिरहेको बताएका हुन् । उनले भने, ‘यो गणतन्त्र केहीमुठ्ठि भरका विचौलियाको निम्ति […]

May 29, 2025 - 09:11
 0
गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका निम्ति मात्रै भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरुको गणतन्त्र बनिरहेको बताएका हुन् ।

उनले भने, ‘यो गणतन्त्र केहीमुठ्ठि भरका विचौलियाको निम्ति थिएन । यो गणतन्त्र मुठ्ठिभरका दलाल पुँजीपति वर्गको निम्ति मात्रै स्थापना गरिएको होइन । यो गणतन्त्र विभिन्न किसिमका भ्रष्ट तत्वहरुको हितका निम्ति स्थापित गरिएको थिएन । अहिले देशको गणतन्त्र आम जनताको लागि छैन् । अहिले मुठ्ठिवादी दलालपूँजीपतिको लागि मात्रै गणतन्त्र बनिराखेको छ । देशका शोषकहरुको गणतन्त्र बनिरहेको छ । जनताको गणतन्त्र बन्न सकिरहेको छैन ।’

साथै उनले भिजिट भिसा प्रकरणमा धेरैको योजनासाथ धन्दा चलिरहेको बताए । उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register