स्ववियुमा दलीय ताण्डव तत्काल बन्द होस्: सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दलीय ताण्डव तत्काल रोकिनुपर्ने माग गरेकी छिन् । संसद्मा बोल्दै उनले स्ववियुमा विद्यार्थीहरूको दुरूपयोग गर्ने कदम राजनीतिक दलले तत्काल स्थगित गर्नुपर्ने बताइन् । कलेजमा तालाबन्दी हुँदा विद्यार्थीहरूको पढ्न हक छिनिएको भन्दै विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न उनले माग गरेकी छिन् । ‘कसैलाई अध्यक्ष […]

Mar 19, 2025 - 05:53
 0
स्ववियुमा दलीय ताण्डव तत्काल बन्द होस्: सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दलीय ताण्डव तत्काल रोकिनुपर्ने माग गरेकी छिन् ।

संसद्मा बोल्दै उनले स्ववियुमा विद्यार्थीहरूको दुरूपयोग गर्ने कदम राजनीतिक दलले तत्काल स्थगित गर्नुपर्ने बताइन् । कलेजमा तालाबन्दी हुँदा विद्यार्थीहरूको पढ्न हक छिनिएको भन्दै विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न उनले माग गरेकी छिन् । ‘कसैलाई अध्यक्ष कसैलाई उपाध्यक्ष बनाउन राजनीतिक दलहरूले स्ववियु चुनावमा विद्यार्थीको दुरूपयोग गर्दै ताण्डव देखाइरहेका छन् । यो ताण्डव तत्काल बन्द गर्दै विद्यार्थीहरूको पढ्न पाउने हक सुनिश्चित गरियोस्,’ उनले भनिन् ।

श्रेष्ठले मधेस प्रदेशमा एसईई परीक्षा सञ्चालनका लागि मुख्यमन्त्रीलाई केन्द्र सरकारले सहयोग नगरेको भन्दै तत्काल समाधान दिन माग गरेकी छिन् । गोलाप्रथाबाट केन्द्राध्यक्ष छनौट राम्रो प्रस्ताव भएकाले त्यसलाई कार्यान्वयनमा लैजान उनको माग छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register