विश्वकपमा दोहोरो शतक बनाउने म्याक्सवेलले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

काठमाडौं । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो सन्यासको घोषणा गर्दै म्याक्सवेलले भने, “च्याम्पियन्स ट्रफीको सुरुवाती खेलहरू पछि मैले यो निर्णय लिएको थिएँ । मलाई लाग्यो कि म टोलीलाई निराश पार्दैछु ।” ३६ वर्षीय म्याक्सवेल आइपीएल २०२५ को सुरुवाती चरणमा पञ्जाब किंग्स टोलीसँग थिए । भारत-पाकिस्तान तनावको बीचमा उनी अष्ट्रेलिया […]

Jun 2, 2025 - 08:14
 0
विश्वकपमा दोहोरो शतक बनाउने म्याक्सवेलले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

काठमाडौं । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

आफ्नो सन्यासको घोषणा गर्दै म्याक्सवेलले भने, “च्याम्पियन्स ट्रफीको सुरुवाती खेलहरू पछि मैले यो निर्णय लिएको थिएँ । मलाई लाग्यो कि म टोलीलाई निराश पार्दैछु ।”

३६ वर्षीय म्याक्सवेल आइपीएल २०२५ को सुरुवाती चरणमा पञ्जाब किंग्स टोलीसँग थिए । भारत-पाकिस्तान तनावको बीचमा उनी अष्ट्रेलिया फर्किएका थिए । यसपछि म्याक्सवेल आईपीएल खेल्न भारत आएका छैनन् ।

पछिल्ला केही महिनाहरूमा ग्लेन म्याक्सवेलको प्रदर्शनमा गिरावट आएको छ । उनी आफ्नो छविअनुसार खेल्न सक्षम छैनन् । यो पनि उनको सन्यासको कारण भएको खेलकुदविद्को बुझाइ छ ।

म्याक्सवेलले भने, “२०२५ को च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँगको हारपछि मैले यो निर्णय लिएको थिएँ ।”

म्याक्सवेलले आफ्नो १३ वर्षे एकदिवसीय करियरमा १४९ खेल खेलेका छन् । यी खेलहरूमा उनले १२६.७० को स्ट्राइक रेटमा ३ हजार ९ सय ९० रन बनाए र ७७ विकेट लिएका छन् ।

म्याक्सवेल २०१५ र २०२३ को अष्ट्रेलियाको विश्व च्याम्पियन टोलीको हिस्सा रहेका थिए । उनले २०२३ को विश्वकपमा अफगानिस्तानविरुद्ध २०१ रनको ऐतिहासिक नटआउट इनिङ्स खेलेका थिए । उनी विश्वकपमा दोहोरो शतक बनाउने विश्वका एक मात्र ब्याट्सम्यान हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register