१९ खर्ब ६४ अर्बको  बजेट, कुन मन्त्रालयलाई कति?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएको छ । मन्त्रालयगत तहमा बजेटको  वर्गीकरण गर्दा वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रूपैयाँ विनियोजन गरेको छ । यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि  ४ अर्ब २८ करोड विनियोजन गरेको छ । शिक्षा मन्त्रालयका […]

May 29, 2025 - 12:26
 0
१९ खर्ब ६४ अर्बको  बजेट, कुन मन्त्रालयलाई कति?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएको छ ।

मन्त्रालयगत तहमा बजेटको  वर्गीकरण गर्दा वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रूपैयाँ विनियोजन गरेको छ । यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि  ४ अर्ब २८ करोड विनियोजन गरेको छ । शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड छुट्टाएको छ । सरकारले स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रूपैयाँ विनियोजन गरेको छ  भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५१ अर्ब रकम विनियोजन गरेको छ ।

सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड विनियोजन गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड रूपैयाँ विनियोजन गरिएको छ ।  यस्तै, सरकारले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड रकम दिएको छ । यस्तै, सञ्चार प्रविधि तथा  मन्त्रालयका लागि  ७ अर्ब ७२ करोड रूपैयाँ विनियोजन गरिएको छ । यस्तै उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड रूपैयाँ विनियोजन भएको छ ।

खानेपानी मन्त्रालयका लागि सरकारले ३३ अर्ब ८९ करोड विनियोजन गरेको छ । ऊर्जा तथा सिचाइँ मन्त्रालयका लागि ८६ अर्ब १ करोड विनियोजन भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register