नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२६ रनको सामान्य लक्ष्य दिएको छ । स्कटल्यान्डको डुन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका नोह क्राएटले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवर्डले ४६ रन बनाए । नेदरल्यान्ड्सका ब्याटरमाथि नेपाली बलर सुरुवातदेखि […]

Jun 4, 2025 - 15:19
 0
नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२६ रनको सामान्य लक्ष्य दिएको छ ।

स्कटल्यान्डको डुन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका नोह क्राएटले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवर्डले ४६ रन बनाए ।

नेदरल्यान्ड्सका ब्याटरमाथि नेपाली बलर सुरुवातदेखि नै हाबी हुँदै भएका थिए ।

सोमपाल कामीले अन्तिम विकेट लिँदै विकेट संख्या तीन पुर्याए ।

यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र करण केसीले दुई–दुई विकेट लिए ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register