राजाबादी आन्दोलनमा ध्वस्त भएको जडिबुटी कम्पनीमा सन्चोको उत्पादन सुरु (तस्विरहरू)

काठमाडौँ । गत चैत १५ गतेको राजाबादी आन्दोलनमा ध्वस्त भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सन्चोको उत्पादन सुरु भएको छ । आन्दोलनमा कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाईएर पूर्ण रुपमा प्रयोग विहिन नै बनाईएको थियो । कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारिकरणको काम गर्ने भएकाले खेती र प्रशोधन […]

Jun 9, 2025 - 09:28
 0
राजाबादी आन्दोलनमा ध्वस्त भएको जडिबुटी कम्पनीमा सन्चोको उत्पादन सुरु (तस्विरहरू)

काठमाडौँ । गत चैत १५ गतेको राजाबादी आन्दोलनमा ध्वस्त भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सन्चोको उत्पादन सुरु भएको छ ।

आन्दोलनमा कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाईएर पूर्ण रुपमा प्रयोग विहिन नै बनाईएको थियो ।

कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारिकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरुले गर्ने र उत्पादित बस्तुको बजारिकरण देखिका कामहरु केन्द्रीय कार्यलयले गर्ने हुदाँ सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भएको थियो ।

आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न भने सकेको छैन । अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन भईरहेको कम्पनीले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register