गैरकानुनी रुपमा सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याबमा प्रशासनको ताला

बुटवल।  जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । अनुगमन समितिले ८ वटा क्लिनिक […]

Jun 11, 2025 - 13:29
 0
 गैरकानुनी रुपमा सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याबमा प्रशासनको ताला

बुटवल। 

जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।

अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा संचालिन रहेको पाइएको छ । कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौं ।’

रानाले दर्ता गरी मापदण्ड पूरा गरेर संचालन गर्न निर्देशन समेत दिइएको जनाए । अनुगमन समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै सञ्चालित थिए । फार्मेसी सञ्चालनको अनुमति लिए पनि क्लिनिक सञ्चालनको अनुमति नलिएको पाइएपछि बन्द गरिएको हो ।

बन्द गरिएका क्लिनिकहरुमा सिद्धार्थनगरमा सञ्चालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा सञ्चालित क्लिनिक, होमटाउन फार्मेसीमा सञ्चालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा सञ्चालित क्लिनिक, नेपाल चम्सा पसलमा सञ्चालित क्लिनिक छन् । यस्तै, जिविका मेडिकल प्रालिमा सञ्चालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन् । यस्तै, लुम्बिनी प्थालोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरु सिद्धार्थनगर १२, १३ र वडा ७ का हुन् । यी मध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन् ।

अनुगमनका क्रममा यी स्वास्थ्य संस्थामा मध्ये केहीले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमति नै नलिई सञ्चालनमा रहेको पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए । यी संस्थालाई तत्काल दर्ता प्रक्रियामा जान निर्देशन दिइएको उनले जनाए ।

संचालन अनुमति नलिँदासम्म यी क्लिनिक र ल्याब सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनमा, सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग बाणिज्य संघ, भीम अस्पतालका चिकित्सक, उपभोक्ता हित संरक्षणमञ्च, औषधि व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

अनुगमन समितिले यही आइतबार मात्रै दर्ताविनै सञ्चालित बुटवलका ६ वटा क्लिनिक समेत बन्द गरेको थियो । पाइलैपिच्छे क्लिनिक खोल्ने तर दर्ता र मापदण्ड पूरा नगरी संचालन गर्ने परिपाटी बढिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register