माधव नेपाललगायत ९३ जनालाई भ्रष्टाचार मुद्दा लागेको पतञ्जलीको जग्गा (तस्वीरहरू)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो मुद्दासँगै पतञ्जली योगपीठले १५ वर्षअघि मन्त्रिपरिषद्‌बाट निर्णय गराई हदबन्दी छुटमा किनेको काभ्रेको साँगास्थित जग्गा चर्चामा आएको छ । नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले दुई महिनाको अवधिमै […]

Jun 14, 2025 - 06:02
 0
माधव नेपाललगायत ९३ जनालाई भ्रष्टाचार मुद्दा लागेको पतञ्जलीको जग्गा (तस्वीरहरू)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यो मुद्दासँगै पतञ्जली योगपीठले १५ वर्षअघि मन्त्रिपरिषद्‌बाट निर्णय गराई हदबन्दी छुटमा किनेको काभ्रेको साँगास्थित जग्गा चर्चामा आएको छ ।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले दुई महिनाको अवधिमै हदबन्दी छुट जग्गा खरिद गर्न स्वीकृति दिनेदेखि बिक्रीको अनुमति पनि दिने निर्णय गरेको थियो । २०६६ माघ १८ मा मन्त्रिपरिषद्‌ बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो ।

यसैगरी २०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।

भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन । तर, सो जग्गा विभिन्न व्यक्तिहरूलाई बिक्री गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register