फ्लोरमा सांसद्ले नारा लगाइरहे, ‘रोष्टम’मा गृहमन्त्री बोलिरहे…

काठमाडौँ । लामो समयदेखि निरन्तर विपक्षी दलहरुको अवरोधका कारण सञ्चालन हुन नसकेको प्रतिनिधि सभा बैठक शुक्रबार ढिला गरी सुरु भयो । संसद्को गतिरोध हटाउन प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र सत्तारुढ दलबीच सहमति भएपछि संसद् बैठक सुरु भयो । बैठक सुरु हुने बितिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका सांसद्हरुले उठेर संसद्मा […]

Jun 13, 2025 - 12:52
 0
फ्लोरमा सांसद्ले नारा लगाइरहे, ‘रोष्टम’मा गृहमन्त्री बोलिरहे…

काठमाडौँ । लामो समयदेखि निरन्तर विपक्षी दलहरुको अवरोधका कारण सञ्चालन हुन नसकेको प्रतिनिधि सभा बैठक शुक्रबार ढिला गरी सुरु भयो ।

संसद्को गतिरोध हटाउन प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र सत्तारुढ दलबीच सहमति भएपछि संसद् बैठक सुरु भयो । बैठक सुरु हुने बितिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका सांसद्हरुले उठेर संसद्मा नाराबाजी लगाइरहेका छन् ।

उनीहरुले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै चर्को स्वरमा नाराबाजी गरेका छन् । तर, सांसद्हरुको नाराबाजीलाई बेवास्ता गर्दै सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका छन् ।

सभामुखले समय दिएसँगै गृहमन्त्री लेखक ‘रोष्टम’मा पुगेर चर्को चर्को स्वरमा भिजिट भिसामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिइरहेका छन् । उनले आफू गृहमन्त्री नहुँदा पनि भिजिट भिसामा थुप्रै नागरिक विदेश गइरहेको भन्दै यसपालि आफूलाई मात्रै आरोप लगाउनु राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन् । उनले पटक पटक भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

उल्टै गृहमन्त्री लेखकले यसअघिका गृहमन्त्रीमाथि किन प्रश्न नउठाएको ? भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै, गृहमन्त्री लेखकले आफू श्रममन्त्री हुँदा चार वटा देशसँग श्रम सम्झौता आफैँले गरेको र पहिलो पटक वैदेशिक रोजगारलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन, २०६४ ल्याएको भन्दै श्रममन्त्री बनेका अरुले के गरे ? भन्दै प्रश्न उठाएका छन् । उनले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको र सबै आरोप तथ्यहीन भएको भन्दै आफ्नो अपमान गरिएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register