सरदार रुद्रराज पाण्डेको १२५औं जन्मजयन्ती

काठमाडौं । नेपाली साहित्यका अग्रणी व्यक्तित्व महान साहित्यकार तथा समाज सुधारक सरदार रुद्रराज पाण्डेको १२५औं जन्मजयन्ती भव्य रूपमा मनाइएको छ । रुद्रराज साहित्य सेवा समितिद्वारा आयोजित विशेष कार्यक्रम सायम कलेज, पुरानो बानेश्वरमा सम्पन्न भएको हो । कार्यक्रममा साहित्य, शिक्षा, समाज सुधार तथा राष्ट्र निर्माणमा उनको अतुलनीय योगदानको स्मरण गर्दै प्रा.डा. गार्गी शर्मालाई विशेष साहित्यिक सम्मान […]

Mar 12, 2025 - 05:24
 0
सरदार रुद्रराज पाण्डेको १२५औं जन्मजयन्ती

काठमाडौं । नेपाली साहित्यका अग्रणी व्यक्तित्व महान साहित्यकार तथा समाज सुधारक सरदार रुद्रराज पाण्डेको १२५औं जन्मजयन्ती भव्य रूपमा मनाइएको छ ।

रुद्रराज साहित्य सेवा समितिद्वारा आयोजित विशेष कार्यक्रम सायम कलेज, पुरानो बानेश्वरमा सम्पन्न भएको हो ।

कार्यक्रममा साहित्य, शिक्षा, समाज सुधार तथा राष्ट्र निर्माणमा उनको अतुलनीय योगदानको स्मरण गर्दै प्रा.डा. गार्गी शर्मालाई विशेष साहित्यिक सम्मान प्रदान गरिएको थियो ।

पुरस्कार छनोट समितिकी अध्यक्ष हिरण्यकुमारी पाठकले प्रा.डा. गार्गी शर्माले नेपाली साहित्यमा पुर्‍याएको योगदानबारे प्रकाश पारेकी थिइन् ।

त्यसैगरी प्रमुख अतिथि डा. गौरीशङ्कर लाल दासले पाण्डेको योगदानको उच्च प्रशंसा गर्दै उनको साहित्यिक र शैक्षिक योगदान नेपाली पहिचानको महत्वपूर्ण आधारशिला बनेको बताए । साथै, उनले साहित्य, शिक्षा र सामाजिक सुधारका क्षेत्रमा योगदान गर्न सबैलाई प्रेरित पनि गरे ।

कार्यक्रममा रुद्रराज साहित्य सेवा समितिका संरक्षक कृष्णराज पाण्डेले रुद्रराजको ऐतिहासिक योगदानबारे प्रकाश पार्दै नेपाली भाषा, साहित्य, र शिक्षाको उत्थानमा उनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । साथै, उनले रुद्रराजको शिक्षाप्रतिको दूरदृष्टि र समाज सुधारका प्रयासहरू अझै प्रेरणादायी रहेको बताए ।

नेपाली भाषा, साहित्य, शिक्षा र समाज सुधारका क्षेत्रमा पाण्डेको योगदानलाई विभिन्न तरिकाले प्रकाश पार्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register