मण्डला थिएटरमा ‘हत्या’ : अपराध र मनोविज्ञानको मञ्चन (तस्वीरहरु)

काठमाडौं। ब्रिटिश लेखक प्याट्रिक ह्यामिल्टनको चर्चित मनोवैज्ञानिक थ्रिलर ‘Rope’ मा आधारित नाटक ‘हत्या’ को मण्डला थिएटरमा मञ्चन सुरु भएको छ।  नाटकले अपराधको जटिलता, मनोविज्ञान र समाजसँगको यसको सम्बन्धलाई गहिरोसँग केलाएको छ। मण्डला थिएटरको ‘Re-Act’ अभिनय कार्यशालाको तेस्रो ब्याचले आफ्नो अन्तिम प्रस्तुतिको रूपमा असार ५ गतेदेखि यो नाटक मञ्चन गर्न सुरु गरेको हो। यसले उनीहरूको लामो […]

Jun 20, 2025 - 03:56
 0
मण्डला थिएटरमा ‘हत्या’ : अपराध र मनोविज्ञानको मञ्चन (तस्वीरहरु)

काठमाडौं। ब्रिटिश लेखक प्याट्रिक ह्यामिल्टनको चर्चित मनोवैज्ञानिक थ्रिलर ‘Rope’ मा आधारित नाटक ‘हत्या’ को मण्डला थिएटरमा मञ्चन सुरु भएको छ।  नाटकले अपराधको जटिलता, मनोविज्ञान र समाजसँगको यसको सम्बन्धलाई गहिरोसँग केलाएको छ।

मण्डला थिएटरको ‘Re-Act’ अभिनय कार्यशालाको तेस्रो ब्याचले आफ्नो अन्तिम प्रस्तुतिको रूपमा असार ५ गतेदेखि यो नाटक मञ्चन गर्न सुरु गरेको हो। यसले उनीहरूको लामो अभ्यास र सिकाइको परिपक्वतालाई झल्काउँछ।

रंगकर्मी सुदीप तिमिल्सिनाको नेपाली अनुवाद र निर्देशनमा तयार पारिएको सो नाटकमा सोमराज यदुवंशी, प्रेमा लामगडे, पौरख मर्दन बस्न्यात, निकेश आचार्य, सागर तामाङ, सागर खड्का, बिक्रान्त रेग्मी र कृष्ण कुमार यादवले अभिनय गरेका छन्। उनीहरूको सशक्त अभिनयले नाटकलाई थप जीवन्त बनाएको दर्शकहरूले बताएका छन्।

‘हत्या’ नाटक असार १५ गतेसम्म हरेक दिन साँझ ४ बजे मञ्चन गरिनेछ। यसका साथै, शनिबार दिउँसो १२ बजे अतिरिक्त शो पनि प्रदर्शन गरिनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register