सभामुखले पेल्न खोजेपछि रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिष्कार, दुवै पार्टीका सांसद् बैठकबाट बाहिरिए 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै उनीहरुले बैठक नै बहिष्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीलाई अगाडि बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक […]

Jun 20, 2025 - 07:56
 0
सभामुखले पेल्न खोजेपछि रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिष्कार, दुवै पार्टीका सांसद् बैठकबाट बाहिरिए 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै उनीहरुले बैठक नै बहिष्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीलाई अगाडि बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएपछि रास्वपा र राप्रपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् । 

सभामुखले कार्यसूची अगाडि बढाएपछि उनीहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register