काठमाडौंमा निषेधाज्ञा हटाइयो

काठमाडौं । चक्रपथ तथा चक्रपथ भित्रका तोकिएका स्थानबाहेक सार्वजनिक स्थलमा भेला, जुलुस, धर्ना, प्रदर्शन लगायतका कार्यक्रम गर्न रोक लगाइएको आदेश अब कार्यान्वयनमा नरहने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै २०८२ जेठ १८ गतेको आदेशअन्तर्गत लागू गरिएको निषेधाज्ञा अब फिर्ता गरिएको जनाएको छ । सूचनामा उल्लेख गरिएको छ, “हाललाई जिल्ला प्रशासन कार्यालयसँगको […]

Jun 20, 2025 - 08:01
 0
काठमाडौंमा निषेधाज्ञा हटाइयो

काठमाडौं । चक्रपथ तथा चक्रपथ भित्रका तोकिएका स्थानबाहेक सार्वजनिक स्थलमा भेला, जुलुस, धर्ना, प्रदर्शन लगायतका कार्यक्रम गर्न रोक लगाइएको आदेश अब कार्यान्वयनमा नरहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै २०८२ जेठ १८ गतेको आदेशअन्तर्गत लागू गरिएको निषेधाज्ञा अब फिर्ता गरिएको जनाएको छ ।

सूचनामा उल्लेख गरिएको छ, “हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्न गरी उक्त आदेश कायम नरहेको व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।”

राजावादीहरूको आन्दोलनलाई लक्षित गर्दै प्रशासनले विभिन्न सार्वजनिक स्थानमा भेला, जुलुस, धर्ना र प्रदर्शन गर्न लगाएको प्रतिबन्ध लगाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register