खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा

हुम्ला । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा रहेको छ । नेपाली सेनाले सो बेलिब्रिज निर्माण गरिरहेकोले यही असार महिनाभित्र हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने पक्का भएको देखिन्छ । डेढ महिना अगाडि खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण कार्य सुरु भएको बेलिब्रिज अन्तिम चरणमा पुगेको […]

Jun 22, 2025 - 06:18
 0
खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा

हुम्ला ।

कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा रहेको छ । नेपाली सेनाले सो बेलिब्रिज निर्माण गरिरहेकोले यही असार महिनाभित्र हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने पक्का भएको देखिन्छ ।

डेढ महिना अगाडि खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण कार्य सुरु भएको बेलिब्रिज अन्तिम चरणमा पुगेको नेपाली सेनाका बोक्चे गौंडादेखि याङ्चुकुना विकास निर्माण दलका प्रमुख अमृत पराजुलीले जानकारी दिए । हाल सेनाले सो बेलिब्रिजको स्टिल पार्टको जडान गरिरहेको बताउँदै उहाँले अब दुईरतीन दिनमा जडान कार्य पुरा हुने उल्लेख गरेका छन् ।

पुलको जडान कार्यमा सेनाका प्राविधिक आफैँ खटिएका छन् । पुलको दुवैतर्फको एप्रोच वाल लगाउने काम पनि पुरा भइसकेको छ भने पश्चिमतर्फ ग्याविन वाल पनि लगाएको छ । बेलिब्रिज ५२ मिटर लम्बाइको छ । पुलको औपचारिक उद्घाटन गराउने तयारीमा सेना लागेको छ । गतवर्ष असारमा खार्पुसम्म सडक सञ्जाल जोडिएको थियो । दोजाम कर्णाली नदीमा पुल नभएका कारण सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रुपमा जोडिन पाएको थिएन । त्यही कारण हुम्लावासीले तत्काल सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माणका लागि माग गरेका थिए । गत पुसमा सरकारले मन्त्रीपरिषद बैठकबाट निर्णय गरेर सो बेलिब्रिज निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

पुल निर्माण कार्य सम्पन्न भएपछि हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला औपचारिक रुपमा जोडिने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । बेलिब्रिजको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएलगत्तै अब सदरमुका सिमकोटबाट सिधै सुर्खेत, नेपालगञ्ज र काठमाडौँसम्म गाडीमा यात्रा गर्न सकिने छ । अब एक मात्र सडक सञ्जाल नजोडिएको हुम्ला भन्ने भनाइको पनि अन्त्य हुने भएको छ । सेनाले बोक्चे गौडा र भिगौडामा पनि चट्टनी क्षेत्रको विष्फोट गरेर स्तरोन्नति गर्ने काम पनि गरिरहेको छ । यी दुवै निर्माण कार्य असार मसान्तसम्म सेनाले सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register