‘भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको स्रोत पर्यटन हो’- पूर्वअर्थमन्त्री 

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।  उनले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न जरुरी रहेको समेत बताएका छन् ।  नेपालले चीन र भारतका पर्यटकहरुलाई […]

Jun 25, 2025 - 07:21
 0
‘भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको स्रोत पर्यटन हो’- पूर्वअर्थमन्त्री 

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन् । 

उनले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न जरुरी रहेको समेत बताएका छन् । 

नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्नेमा पाण्डेले जोड दिएका छन् । उनले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताएका छन् । 

त्यस्तै, उनले नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने जिकिर गरेका छन् । उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register