हिलाम्मे सडक, जनतालाई सास्ती (तस्विरहरू)

काठमाडौँ । नेपालमा कुनै पनि आयोजना समय सीमा भित्र सक्नु आश्चर्य जस्तै हुन्छ । कुनै पनि गौरवको आयोजना होस् या स्थानीय सरकारको सानातिना आयोजना समय भित्र नसक्नु यो नेपालको पुरानै रोग हो, यस्ता रोगले नेता तथा कार्यकर्ता र निर्माण व्यवसायी मोटाउने र जनताले सास्ती भोग्नु पर्ने परम्परा नै भएको छ ।  अहिले काठमाडौँ महानगरपालिका वडा […]

Jun 25, 2025 - 08:00
 0
हिलाम्मे सडक, जनतालाई सास्ती (तस्विरहरू)

काठमाडौँ । नेपालमा कुनै पनि आयोजना समय सीमा भित्र सक्नु आश्चर्य जस्तै हुन्छ । कुनै पनि गौरवको आयोजना होस् या स्थानीय सरकारको सानातिना आयोजना समय भित्र नसक्नु यो नेपालको पुरानै रोग हो, यस्ता रोगले नेता तथा कार्यकर्ता र निर्माण व्यवसायी मोटाउने र जनताले सास्ती भोग्नु पर्ने परम्परा नै भएको छ । 

अहिले काठमाडौँ महानगरपालिका वडा १६ र २६ का स्थानीयहरू यस्तै सास्ती भोग्न बाध्य भएका छन् । कामपा वडा नं १६ निर्मल लामा मार्गको अमृत स्कुल अगाडिको सडक वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । 

सडक हिलाम्मे भए पछि स्थानीयहरू मिली वडा कार्यालयमा दबाब दिए पछि भने अहिले ग्राभेलिङको काम सुरु गरिएको छ । 

यता वडा नं २६ ले निर्माणको जिम्मा लिएको म्हेपी सडकको अवस्था पनि अहिले हिलाम्मे भएको छ । माघ महिनादेखि सो सडकमा ढल व्यवस्थापनको काम सुरु गरी जेठमा ढल व्यवस्थापनको काम सकिए पनि बाँकी काम भने अगाडि बढ्न सकेको छैन । 

सो सडक प्रयोग गरी स्कुल जाने साना विद्यार्थी, अन्य पैदल यात्रु, दुई पाङ्ग्रे सवारी साधन र स्थानीयहरूले हिलाम्मे सडकका कारण दैनिक रूपमा सास्ती भोग्नु परेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register