दराजले गर्यो ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर !

काठमाडौँ । दराजले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको हो । ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६० प्रतिशत सम्मको छुट, नि:शुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरु प्राप्त गर्न सक्नेछन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने […]

Mar 2, 2025 - 07:22
 0
दराजले गर्यो ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर !

काठमाडौँ । दराजले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको हो ।

ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६० प्रतिशत सम्मको छुट, नि:शुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरु प्राप्त गर्न सक्नेछन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्याश सेल मार्फत दैनिक रूपमा आकर्षक छुटहरुको लाभ लिन सक्नेछन् । यस अन्तर्गत, ग्राहकहरूले सिताफिल, अइविबी, डा. केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६०% सम्मको आकर्षक छुट पाउनेछन् । सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । तसर्थ, ग्राहकहरूलाई दराज एपको ‘फ्ल्याश सेल’ सेक्शन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ ।

त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकहरूले थप आकर्षक अफरहरुको अनुभव प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिइएको छ । तर, यसका लागि दावी योग्यता र मापदण्ड अनुरूप हुनुपर्नेछ । ३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा नि:शुल्क डेलिभरी सुविधा रहेको छ ।

यस अन्तर्गत ग्राहकहरूले कम्तीमा रु. ४९९ को खरिद गर्दा चुनिएका विक्रेताहरू बाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन् । नि:शुल्क डेलिभरीका भाउचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सक्नेछन् । ३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र नभइ उपभोक्ताहरुलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिदै आइरहेको कम्पनीको भनाइ छ ।

क्याम्पेन अन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनहरूमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register