नेपालगन्ज नाइट रन एम्समा आबद्ध

नेपालगन्ज । नेपालमा रात्रि समयमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस ‘एम्स’मा औपचारिक रूपमा आबद्ध भएको छ । संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको […]

Jul 12, 2025 - 08:46
 0
नेपालगन्ज नाइट रन एम्समा आबद्ध

नेपालगन्ज । नेपालमा रात्रि समयमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस ‘एम्स’मा औपचारिक रूपमा आबद्ध भएको छ ।

संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो । यो आबद्धतासँगै नेपालगन्ज नेपालकै पहिलो शहर बनेको छ, जहाँ एम्सद्वारा मान्यता प्राप्त दुई इभेन्ट धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज नाइट रन हुनेछन् ।

नेपालगन्ज म्याराथनको रुटलाई नेपालमै सबैभन्दा सरल मानिन्छ । एम्स सदस्यता प्राप्त भएपछि यी दौडहरू एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुनेछन्, जसले शहरको अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्‍याउनेछ ।

नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरी भन्छन्, ‘यसले शहरको ब्रान्डिङमा सहयोग गर्छ र विदेशी सहभागीहरूलाई अपडेट गराउँछ ।’

नेपालगन्ज म्याराथनअन्तर्गत काठमाडौं २५ के हेरिटेज रन, कर्णाली हाफ म्याराथन र गौघाट ग्रीन रनजस्ता दौडहरू पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन् । ठकुरीका अनुसार यी दौडहरूलाई पनि क्रमशः एम्स मान्यता दिलाउने तयारी भइरहेको छ ।

गत महिना काठमाडौंमा आयोजित ‘काठमाडौं २५ के हेरिटेज रेस’ र ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’ का अवसरमा एम्सको बोर्ड बैठकसमेत सम्पन्न भएको थियो । सो भ्रमणकै क्रममा एम्स अध्यक्ष तथा स्पेनका नागरिक पाको बोराओ ले नेपालगन्ज म्याराथनको रुट पनि अवलोकन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register