बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट सुरु : मन्त्र, न्यूस्टार, स्टार र डी डब्ल्यू विजयी
काठमाडौँ । झापामा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु भएकाे छ ।बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएकाे प्रतियाेगिताकाे पहिलाे दिन ४ खेल सम्पन्न भएका छन् । पहिलो इनिङ सम्पन्न भएका २ वटा खेल भने वर्षाका कारण राेकिएका छन् ।
५ ओभरकाे खेल खेलाइने प्रतियाेगितामा मन्त्र थकाली, न्यूस्टार, स्टार क्रिकेट टिम र डी डब्ल्यु वान विजयी भएका छन् ।
डोमालाल राजवंशी रंगशालामा भएकाे उद्घाटन खेलमा बिर्तामोडको मन्त्र थकालीले एक्स्पर्ट एजुकेशन कन्सलटेन्सीलाई १ विकेटले पराजित गर्याे । एक्सपर्टले दिएको ५१ रनको लक्ष्य मन्त्रले ५ विकेट गुमाएर १ बल अघि नै पूरा गर्याे । मन्त्रका लागि पूर्व राष्ट्रिय खेलाडी समेत रहेका मेहबुब आलमले २१ र अभ्यास तिमिल्सिनाले १८ रन बनाए ।
दोस्रो खेलमा राष्ट्रिय लेजेण्ड खेलाडी सिद्धान्त लोहनी सम्मिलित डी डब्ल्यु वानले रामचोक युवा क्लबलाई ५ विकेटले हराएको छ । रामचोकले दिएको ३२ रनको लक्ष्य डी डब्ल्युले २ ओभर २ बलमा १ विकेटको क्षतिमा पूरा गर्याे ।
शनिबार नै भएकाे तेस्रो खेलमा न्यूस्टारले बिएमवाइसिसीलाई ४२ रनले पराजित गर्याे ।
चौथो खेलमा स्टार क्रिकेट क्लबले मारवाडी युवा मञ्चलाई १० रनले हराउँदै अघिल्लो चरण प्रवेश गरेको छ । स्टारले दिएको ५९ रनको लक्ष्य पछ्याएकाे मारवाडीले निर्धारित ५ ओभरमा अलआउटै हुँदै ४८ रन मात्र जोड्न सक्याे ।
शनिबार नै बि डब्ल्यु २ र बोस्टन एकाडेमीबीचको खेल पहिलो इनिङ सम्पन्न भएपछि वर्षाका कारण अवरुद्ध भएको थियो । बोस्टनसामु बि डब्ल्युले ५८ रनको लक्ष्य दिएकाे छ ।
राउण्ड टेबल र इञ्जिनियरिङ एशोसिएसबीचको खेलपनि वर्षाका कारण रोकिएको छ । राउण्ड टेबलले पहिला ब्याटिङ गर्दै ४४ रनको लक्ष्य दिएकोमा दोस्रो इनिङको खेल भइरहँदा रोकिएको हो । ती खेलहरु आइतबार खेलाइनेछ ।
समितिका अध्यक्ष विकास गिरीका अनुसार प्रतियाेगितामा आयाेजकसहित २१ वटा टाेलीकाे सहभागिता छ । आइतबार सम्पन्न हुने प्रतियोगिता डे-नाइट फरम्याटमा हुनेछ ।
फाइनल खेल साँझ ६ बजे डोमालाल राजवंशी रंगशालामै हुनेछ । प्रतियोगिताको बिजेता टाेलीले १ लाख र उपविजेता टाेलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताको समापन समारोहमा चर्चित कुटुम्ब ब्याण्डको प्रस्तुति रहने अध्यक्ष गिरीले जानकारी दिनुभयाे । त्यसअघि भ्वाइस अफ किड्सका फाइनलिष्टले प्रस्तुति दिनेछन् ।
प्रतियाेगिताका लागि विभिन्न संघ-संस्थाले सहयाेग गरेका छन् । प्रतियाेगितामा हुने खर्चमध्ये ६० प्रतिशत नगरपालिका र बाँकी अरु संघ-संस्थाले ब्यहाेर्नेछन्
What's Your Reaction?






