एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान एसँग पराजित

Jun 13, 2023 - 04:55
 0
एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान एसँग पराजित
एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान एसँग पराजित

काठमाडौं । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान एसँग पराजित भएको छ ।जितका लागि ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले पूरै २० ओभर खेलेपनि ९ रनको हार ब्यहोर्यो ।नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडेका थिए तर त्यो जितका लागि पर्याप्त भएन् ।

अन्य ब्याटरले दोहोरो अंकमा रन जाेड्न सकेनन् । ६ विकेटको क्षतिमा नेपालले ७८ रन मात्रै बनाउन सक्यो ।टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २-२ विकेट लिए ।

इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1