बारपाकका जनप्रतिनिधिसँग प्रचण्डको आग्रह– जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका परिवर्तन ल्याउनू

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गोरखाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् । उनले जनप्रतिनिधिसँगको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाका जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । साथै उनले जनप्रतिनिधिहरू उत्तरदायी र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने […]

Apr 25, 2025 - 01:30
 0
बारपाकका जनप्रतिनिधिसँग प्रचण्डको आग्रह– जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका परिवर्तन ल्याउनू

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गोरखाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् ।

उनले जनप्रतिनिधिसँगको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाका जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । साथै उनले जनप्रतिनिधिहरू उत्तरदायी र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए ।

छलफलमा सहभागी जनप्रतिनिधिले आफ्नो पालिकाका अनुभव, समस्या र चुनौतीबारे धारणा राख्दै पार्टी केन्द्रबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए । उनीहरूले भौतिक पूर्वाधारको अभाव, सेवाप्रवाहमा देखिएको कठिनाइ तथा बजेटको सीमितताजस्ता विषयमा ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष प्रचण्डले उठाइएका समस्यालाई सम्बोधन गर्न पार्टी र नेतृत्वको तर्फबाट आवश्यक पहल गरिने विश्वास दिलाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register