दीपक बोहरा : नबोलेरै चुनाव जिते, बोल्नै नपाई अस्ताए

काठमाडौं । नेपालको राजनीतिमा विगत चार दशकदेखि सक्रिय रहेका पूर्वपञ्च तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको उपचारका क्रममा मङ्गलबार निधन भएको छ । कोरोना महामारीमा गम्भीर बिरामी परेर त्यतिबेलादेखि नै घाँटीसम्बन्धी समस्याबाट पीडित बोहराको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । बोहरा नेपालको राजनीतिमा सधैं प्रभावशाली रहे । पञ्चायकालदेखि […]

Apr 1, 2025 - 09:39
 0
दीपक बोहरा : नबोलेरै चुनाव जिते, बोल्नै नपाई अस्ताए

काठमाडौं । नेपालको राजनीतिमा विगत चार दशकदेखि सक्रिय रहेका पूर्वपञ्च तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको उपचारका क्रममा मङ्गलबार निधन भएको छ ।

कोरोना महामारीमा गम्भीर बिरामी परेर त्यतिबेलादेखि नै घाँटीसम्बन्धी समस्याबाट पीडित बोहराको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

बोहरा नेपालको राजनीतिमा सधैं प्रभावशाली रहे । पञ्चायकालदेखि गणतन्त्रसम्म उनी पटक-पटक मन्त्री बने ।

गएको प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट काङ्ग्रेसका प्रभावशाली नेता तथा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई हराएर उनी निर्वाचित भएका थिए । कोरोनाका कारण घाँटीसम्बन्धी समस्या देखिएका बोहराले भाषण नगरिकनै चुनाव जितेको भनेर चर्चा भएको थियो ।

घाँटीसम्बन्धी समस्यका कारण चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ गरिरहेका उनले त्यसपछि कहिल्यै सार्वजनिक भाषण गर्न पाएनन् । राप्रपा नेता श्रेष्ठका अनुसार उनी कोरोनाका कारण आवाज गुमाएका बोहरालाई ‘पोस्ट कोभिड’ सिम्टम्सले सताइरहेको थियो ।

निर्वाचनका समयमा उनले चिकित्सककै सल्लाहमा नबोलेरै घरदैलो कार्यक्रम गरेका थिए । आमसभाहरूमा समेत बोहरा सहभागी हुन्थे तर, भाषण गर्दैनथे । कहिले इसारा त कहिले सङ्केतमार्फत मतदाता बीचमा भने बोहरा आफ्नो बलियो उपस्थिति जनाउन सफल भएका थिए ।

निर्वाचनका समयमा बोहराका लिखित भाषणहरू बोहराका चुनावी कमान्डर रहेका निरञ्जन थापासँगै प्रदीप उदयले पढेर सुनाउँथे । थापा र उदयसँगै बोहरालाई स्वाती थापा, केन्द्रीय सदस्य तोयनाथ लम्साल, सागरप्रताप राणा, युवराज घिमिरे लगायतले सम्बोधनमा सहयोग गर्थे । अस्वस्थ्य स्थितिमा सांसद बनेर पनि बोहरा संसद् बैठकमा प्राय: उपस्थित हुन्थे । बिरामीले च्याप्दै गएपछि पछिल्ला केही महिना उनी बैठकमा देखिएका थिएनन् ।

निर्वाचनमा बोहराले काङ्ग्रेस, माओवादीसहित पाँच दलीय तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार खाँणलाई पराजित गरेका थिए । उनलाई एमालेको समर्थन थियो ।

प्रतिनिधि सभा निर्वाचनमा नबोली जितेका बोहरा नेपालको राजनीतिमा ४ दशकदेखि क्रियाशील थिए । विसं २०३६ मा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए ।

उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

मन्त्रीपरिषद्‌मा समेत बोहराको उपस्थिति पञ्चायतदेखि गणतान्त्रिक व्यवस्थासम्म छ । २०३८ सालमा पर्यटन राज्यमन्त्री र पर्यटन सहायक मन्त्री बनेर बोहराले सरकारमा भूमिका देखाउन थालेका थिए । पञ्चायतकालको अवधिभर २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, हुँदै २०४४ सालमा बोहरा निर्माण तथा यातायात मन्त्री बनेका थिए ।

गणतन्त्र आएपछि समेत बोहरा चार पटक मन्त्री बने ।  २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका बोहरा २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ सालमा आपूर्ति मन्त्री र २०७४ मा स्वास्थ्य मन्त्री बनेका थिए ।

सिद्धार्थनगर नगरपालिका– ३, खजहाना निवासी बोहरा १८ चैत २००७ मा पाल्पामा बुवा प्रतिमानचन्द्र र आमा निमा बोहराको कोखबाट जन्मिएका थिए । उनी राजनीतिशास्त्रमा स्नातक हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register