उरुग्वेलाई फिफा यु–२० को उपाधि

Jun 12, 2023 - 01:21
 0
उरुग्वेलाई  फिफा यु–२० को उपाधि
उरुग्वेलाई  फिफा यु–२० को उपाधि

ब्युनर्स आयर्स । फिफा यु–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।  

निकै रोचक तथा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्वकप विजेता बनाउन सफल भयो ।  

उरुग्वेले विश्वकपको उपाधि उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न उसले मौका पाएको थियो । उरुग्वेको जीतसँगै पहिलो पटक यु–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो। 

अहिलेसम्म यु–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधि उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.