राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको अध्यक्षमा प्रकाशजङ्ग कार्की निर्विरोध निर्वाचित
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको अध्यक्षतामा अवकाश प्राप्त महासेनानी प्रकाशजङ्ग कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । जेठ २७ र २८ गते काठमाडौंमा भएको संगठनको महाधिवेशनले कार्कीलाई अध्यक्ष चुनेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट सो संगठनको महाधिवेशनले ११ पदाधिकारी र ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
महाधिवेशनले उपाध्यक्षहरूमा राजेश चन्द, चन्दप्रसाद चापागाईँ, प्रभुकृष्ण खड्का, हरिशरण सुवेदी, ईश्वरी पाण्डे, केविन्द्र गुरुङलाई निर्वाचित गरेको छ । महासचिवमा उत्तम बोगटी निर्वाचित हुनुभएको छ भने सचिवमा नरबहादुर क्षेत्री र अच्युत आचार्य सर्वसम्मत हुनुभएको छ । यसै गरी कोषाध्यक्षमा विष्णुबहादुर गिरी निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष लगायत नेतृत्वलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बधाई तथा शुभकामना दिनुभयो ।
What's Your Reaction?






