गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब प्रदेश प्रमुख कार्यालय घेराउ

Jun 13, 2023 - 04:46
 0
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब प्रदेश प्रमुख कार्यालय घेराउ
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब प्रदेश प्रमुख कार्यालय घेराउ

काठमाडौं । कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन प्रदेश प्रमुख कार्यालय घेराउ गरिएको छ ।

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश प्रमुख कार्यालय घेराउ गरेको हो । उनीहरुले मुखमा र आँखामा कालो पट्टी बाधेर बिरोध गरेका थिए । यस अघि हिजो प्रदेश सभा भवन घेराउ गरिएको थियो ।

२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1