‘जनमुक्ति सेना’ले गरेको उपत्यका बन्द आव्हानको देखिएन असर (तस्वीरहरू)

काठमाडौं । माओवादीको पूर्वकलडाकुको समूह ‘जनमुक्ति सेना नेपालले आज (शुक्रबार) काठमाडौं उपत्यका बन्दको आव्हान गरेको छ । उक्त सङ्गठनले यही चैत ११ गते विज्ञप्ति निकालेर बन्दको आव्हान गरेको थियो । यद्यपि आज काठमाडौंमा उपत्यका बन्द आव्हानको असर देखिएको छैन । सवारीसाधनको आवतजावत अरु बेलाजस्तै सामान्य नै रहेको छ । काठमाडौंमा आजै गणतन्त्र र राजसंस्था पक्षधरले […]

Mar 28, 2025 - 03:50
 0
‘जनमुक्ति सेना’ले गरेको उपत्यका बन्द आव्हानको देखिएन असर (तस्वीरहरू)

काठमाडौं । माओवादीको पूर्वकलडाकुको समूह ‘जनमुक्ति सेना नेपालले आज (शुक्रबार) काठमाडौं उपत्यका बन्दको आव्हान गरेको छ ।

उक्त सङ्गठनले यही चैत ११ गते विज्ञप्ति निकालेर बन्दको आव्हान गरेको थियो ।

यद्यपि आज काठमाडौंमा उपत्यका बन्द आव्हानको असर देखिएको छैन । सवारीसाधनको आवतजावत अरु बेलाजस्तै सामान्य नै रहेको छ ।

काठमाडौंमा आजै गणतन्त्र र राजसंस्था पक्षधरले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । त्यसका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

समाजवादी मोर्चाले अहिले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरिरहेको छ । सवारीसाधन भने बिहानैदेखि डाइभर्ट गरिएको छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register