लमजुङमा आयोजित मिनी म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका गजेन्द्र राईलाई

Jun 18, 2023 - 01:48
 0
लमजुङमा आयोजित मिनी म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका गजेन्द्र राईलाई
लमजुङमा आयोजित मिनी म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका गजेन्द्र राईलाई

काठमाडौं । लमजुङमा आयोजित दोस्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन दौड प्रतियोगिता २०८० को उपाधि नेपाली सेनाका गजेन्द्र राईले जित्नु भएको छ ।

जिल्ला खेलकुद विकास समिति लमजुङले प्रतियोगिता आयोजना गरेको हो । राईले १५ किलोमिटरको दुरी ४५ मिनेट ५४ सेकेण्डमा पार गरी  ५५ हजार ५ सय रुपैँया नगद मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो ।  दौडका विजेतालाई गुरुङले नगद पुरस्कार, प्रमाणपत्र र मेडल वितरण गर्नुभयो ।  

प्रतियोगितामा रणसिंह गणका रामजी बस्नेत दोस्रो हुनुभयो । दोस्रो हुने खेलाडीले २५ हजार ५ सय नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

त्यस्तै बरख गणका मोहनदेव जोशीले तेस्रो हुँदै नगद १५ हजार ५ सय पुरस्कार प्राप्त गर्नुभएको छ । भैरवनाथ गणका सञ्जय श्रेष्ठ र रणशेर गणका प्रेमबहादुर बस्नेत सान्तोनाले चौथो स्थान प्राप्त गरी १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । 

जिल्ला खेलकुद समितिका अध्यक्ष कालु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले खेलकुद मिनी म्याराथन नभई म्याराथन दौड प्रतियोगिता आयोजना गर्न सुझाव दिनुभयो । यसको लागि आफूले पनि सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रतियोगितामा लमजुङ, तनहुँ, चितवन र गोर्खाका गरी ४० जनाको सहभागिता थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1