मलेसियाविरुद्ध ५० रनमा अलआउट भएको नेपाल ५ विकेटले पराजित

May 29, 2023 - 06:09
 0
मलेसियाविरुद्ध ५० रनमा अलआउट भएको नेपाल ५ विकेटले पराजित
मलेसियाविरुद्ध ५० रनमा अलआउट भएको नेपाल ५ विकेटले पराजित

काठमाडौं । मलेसियामा जारी टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाली महिला क्रिकेट टिम ५ विकेटले पराजित भएको छ । आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले मलेसियासँग ५ खेलको शृङ्खला खेल्नेछ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १६.५ ओभरमा अलअउट हुँदै ५० रनमा सीमित भएको थियो ।

दोस्रो इनिङमा नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । मलेसियाको जितमा ओपनर वान जुलियाले सबैभन्दा धेरै १३ रन जोडिन् । एइन्ना हमिजा हशिम १२ रनमा अविजित रहिन् ।

नेपालको बलिङमा कप्तान रुविना क्षेत्री र सिता राना मगरले दुई–दुई विकेट लिए । भने, कविता कुँवरले एक विकेट लिइन् ।पहिला ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले १३ र ज्योति पाण्डे ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका लागि निक नुर एटिइलाले सबैभन्दा धेरै ३ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिइन् । एस्या इलेसा र एइन्ना हमिज हसिमले समान २ विकेट लिए ।नेपालले दोस्रो खेल मङ्गलवार, तेस्रो खेल बिहीबार, चौथो र पाँचौँ खेल क्रमशः शनिवार र आइतबार खेलेर स्वदेश फर्किनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1