संगीत प्रवीण गोपाल नाथ योगी प्रति हार्दिक श्रद्धान्जली ।

Oct 11, 2023 - 02:27
 0
संगीत प्रवीण गोपाल नाथ योगी प्रति हार्दिक श्रद्धान्जली ।


असोज २४, काठमाडौं । आधुनिक नेपालका पहिलो बेला बादक गोपालनाथ योगीको गत असोज २२ गते ८८ वर्षको उमेरमा निधन भएको छ । 
उहाँको जन्म वि.स. १९९२ साल माघ ४ गते पाल्पा जिल्लमा भएको थियो ।  हाल उहाँ काठमाडौं  महानगरपालिका वडा नं ३० को सरस्वती मार्ग , ज्ञानेश्वरमा आफना भायलिन बादक जेठो छोरा बिकासनाथ योगी र सितार बादिका बुहारी अमृतहिरा योगीसंग स्थायी रुपमा बसोवास गर्दै आउनु भएको थियो । 
उहाँलेनै नेपालमा पहिलो पटक राष्ट्र्रकवि माधव प्रसाद घिमिरे त्यतिखेरको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपकुलपति रहुँदा बालकृष्ण समको लेख रचनामा विद्याधनम नामक ब्यालेको नेपालमा पहिलो पटक प्रस्तुतीकरण गर्नु भएको थियो । यसैगरी सत्यमोहन जोशीको लेखरचनामा चण्डालिका ब्याले प्रस्तुतीकरण गर्नु भएको थियो । पछि यो ब्याले श्रीलंकामा पछि प्रर्दशन भएको थियो । उहाँको नेतृत्वमा  नेपाल प्रज्ञा प्रतिष्ठानमा करिब दशवटा ब्याले प्रस्तुत भएका छन । यी ब्यालेहरुमा शिव पार्वती ब्याले, अन्न्पूणर् ब्याले , वीरकुश ब्याले, सतिवृन्दा ब्याले, शिव ताण्डव ब्याले तथा एकमात्र नेपाली मौलिक ऐश्यर्यको पनि रचना गरि नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत गर्नु भएको थियो  । 
१९ वर्षकै उमेरमा सङ्गीतका प्रणेता तानसेनको पवित्रि भुमि भारतको मध्य प्रदेश पुगि सर्व प्रथम  गोपालनाथ योगी खैरागढ जानु भएको थियो । शुरुमा शास्त्रीय गायन सिक्न जानु भएका योगिले पछि गएर एकजना अन्ध गुरसंग भायलिन बादन सिक्नु भएको थियो । भारतमा करिब पाँचवर्ष भायलिन बादनको शिक्ष ग्रहण गरि उहाँ नेपाल आउनु भयो र २०१८ सालमा रेडियो नेपालमा भायलिन बादकको रुपमा प्रवेश गर्नु भएको थियो  । त्यसपछि २०२२ सालदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा वाद्य सङ्गीत  निर्देशकको रुपमा कार्यरत रहि २०५२ सालमा सेवा निवृत हुनु भएको थियो ।
संगीत यात्राकै क्रममा उहाँले सर्वप्रथम तबला बादक पं होमनाथ उपाध्यायसंग सन १९७९ मा अमेरिकाको पोर्टल्याण्ड युनिभर्सिटी र ओरिगन युनिभर्सिटीको भम्रण गरि सङ्गीत सम्बन्धी अध्यापन पनि गर्नु भएको थियो । 
सङ्गीत यात्राको लामा क्रममा उहाँले गोरखा दक्षिण बाहु दोस्रो २०५३, रेडियो नेपाल शास्त्रीय सङ्गीत प्रतियोगिता प्रथम स्थान २०२८, इन्दराज्य लक्ष्मी प्रज्ञा पुरस्कार २०४१ , स्पेनका नरेशबाट सम्मानित २०४६, लगायत असंख्य पुरस्कार ताथ सम्मान पाउनु भएको थियो  । यसैगरी सांगिति यात्राकै क्रममा उहाँले अमेरिका युरोप बाहेक दक्षिण कोरिया, थाइल्याण्ड, फिलिपिन्स, हङ्गकङ्ग, बंगालदेश,रुस, जापान, चीन र अष्ट्रेलियाको पनि भ्रमण गनु भएको थियो ।  
काठमाडौं महानगरपािलकाद्धारा संचालित मेट्रो एफ. एम. ९४.६ मेगाहर्जमा उहाँले गत २०८०, जेठ २६ गते जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरामा रेडियो अन्तवार्ता पनि दिनु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register