नेपाली नँया वर्षमा काठमाडौंमा भारतीय सितार बादक  शाहले प्रस्तुती दिेने । हिन्दी अडियो

Nov 12, 2023 - 07:08
Nov 12, 2023 - 14:30
 0
नेपाली नँया वर्षमा काठमाडौंमा  भारतीय सितार बादक  शाहले प्रस्तुती दिेने । हिन्दी अडियो
: :
playing

कार्तिक २६, काठमाडौं । आगामी नेपाली नँया वर्ष २०८१ को अवसरमा वैशाखमा भारतको बनारस हिन्दु विश्वविद्यालयका सुर बादन विभागका प्रमुख पुर्व डीन ,प्राध्यापक डा. राजेश शाहले काठमाडौंमा सितार बादनको एकल सोलो बादनको  प्रस्तुती गर्नु हुने भएको छ । 


सो विषयमा छलफल गर्न भर्खरै अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको नेतृत्वमा एक प्रतिनिधि मण्डलले भारतको विद्या तथा सांगितिक नगरी बनारसको बनारस हिन्दु विश्वविद्यालयको  भ्रमण सम्पन्न गरेको छ । सो भ्रमण दलमा अच्युतराम भण्डारी संगीत प्रतिण्ठानका संरक्षक बरिष्ठ तबला बादक अच्युतराम भण्डारी,संरक्षिका शारदा भण्डारी,  प्रतिण्ठानकी मानार्थ सदस्य उमा थापा, प्रतिष्ठानका प्रेस संयोजक पत्रकार किशोर कुमार सेडाई र स्वदेश फाउण्डेशन नेपालकी केन्दीय अध्यक्ष गंगा देवी उप्रेती रहनु भएको थियो । 


सो अवसरमा मानार्थ सदस्य तथा बरिष्ठ सितार बादिका उमा थापाले प्राध्यापक राजेश शाहलाई विश्वविद्यालयको बाद्यय बादन विभागमा आयोजित एक छोटो कार्यक्रमबिच रुद्राक्ष माला सहित सम्मान गर्नु भएको थियो । 


सो छलफलमा आगामी दिनमा नेपाल र भारतको बिचको सदियौं पुरानो सम्बन्धालाई सांगितिक सम्बन्धमा विस्तार गर्ने बारे पनि छmलफल भएको छ । छलफल भए अनुरुप आगामी दिनमा बनारस हिन्दु विश्वविद्यालय र अच्युतराम भण्डारी संगीत प्रतिष्ठानबिच सांगितिक कार्यक्रम आदान प्रदान गर्नेबारे पनि छलफल भएको छ । 


सोहि अवसरका पत्रकार सेडाईले कलाकार शाहलाई सितार बादनको वर्तमान अवस्था, चुनौती र भविस्य बारे एक छोटो अन्तवार्ता पनि लिनु भएको थियो । सितार  बादक शाहले सितार बादनमा विद्यार्थी आउन गाहे हुनमा यो बादन आफैमा महंगो , तुरन्त परिणाम नआउने धेरै समय धैर्यता गर्नु पने र अहिले यसलाई सिख्न पर्याप्त समय अभाव हुने बारे पनि जानकारी दिनु भयो । यद्यपि उहाँ आफनो विश्वविद्यालयमा सितार सिक्न चाहने गरीब विद्यार्थीहरुलाई सितार बाद्यय बादन उपलब्ध गराएर पनि सितारको शिक्षा दिएको प्रसंग उल्लेख गर्नु भयो ।


नँया वर्ष २०८१ बैशाख महिनामा हुने सो कार्यक्रममा काठमाडौंस्थित ललिकला क्याम्पस विभागका क्याम्पस प्रमुख   डा. रमेश पोखरेल, त्रि.वि .केन्द्रीय विभागका सितार बादक प्राध्यापक डा. ध्रुबेश रेग्मीले सो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने बताउनु भएको छ भने नेपालमा २५ वर्ष देखि घरेलु तथा विदेशी यात्रुलाई नेपालका विभिन्न गन्तव्य पुन्याउनका साथै भारतको प्राचीन तीर्थस्थल धार्मिक नगरी पुरानो काशी नामले परिचित विद्या र संगीतको नगरी वाराणसी, भारतमा साप्ताहिक सोमबार र शुक्रबार हवाई सेवा संचालन गर्दै आएको बुद्ध एयरले सो कार्यक्रम सफल पार्न विशेष सहयोग गर्ने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register