राजधानीमा तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस  सम्पन्न। ( फोटो फिचर सहित )।

Dec 27, 2023 - 14:28
Dec 28, 2023 - 00:25
 0
राजधानीमा  तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस  सम्पन्न। ( फोटो फिचर सहित )।

पौष ११, काठमाडौं । जेष्ठ नागरिकको सम्मान हाम्रो सभ्यताको पहिचान मुल नारा सहित आज राजधानी नेपाल प्रज्ञा प्रतिष्ठानमा तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ ।

राष्ट्रिय जेष्ठ नागरिक महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी महिला बाल वालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधानले गर्नु भएको थियो । 


जेष्ठ नागरिकहरुको उपस्थितिमा भएको कार्यक्रममा यस वर्षको जेष्ठ नागरिक वर्ष पुरस्कारबाट हास्य ब्याङ्ग साहित्यकार तथा जेष्ठ नागरिक सम्बन्धी संस्था एजिङ्ग नेपालका अध्यक्ष चटयाड. मास्टर कृष्ण मुरारी गौतमलाई प्रदान गरिएको छ । नेपालमा जेष्ठ नागरकहरुको संख्या कुल जनसंख्याको १०.२५ प्रतिशत रहेको छ । 

सोअवसरमा राष्ट्रिय जेष्ठ नागरिक महासंघका पुर्व अध्यक्ष तथा नाटयकर्मी कलाकार मदनदास लगायत जेष्ठ नागरिक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । 
आज जेष्ठ नागरिक दिवसमा राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रममा सहभागी भएका जेष्ठ नागरिकहरुलाई बेन्ड बाजाले स्वागत गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register