बेक्सली नेप्लिज् कम्युनिटी बाट एक दिने Career workshop सम्पन्न ।

बेक्सली नेप्लिज् कम्युनिटी ले किसोर किसोरीहरूलाई लक्षित गरि क्यारियर oriented Workshops गरेको छ।
२७ मार्च २०२२ आइतबारका दिउसो १२ः३० देखी ३ बजे सम्म ह्रारिस एकेडमी मा यो कार्यक्रम सम्पन्न भएको थियो ।बिभिन्न क्षेत्रका ब्यक्तित्व हरूलाई बोलाएर,भविष्यमा के बन्ने,कसरी बन्ने,यसको लागि के गर्नु पर्छ भन्ने गहन बिषयहरू जानकारी मूलक कार्यक्रम BNCले गरेको थियो।
२२ जाना किसोर किसोरीको सहभागिता रहेको उक्त कार्यक्रम मा ६ जाना ट्रेनर हरूले आ-आफ्नो career कसरी सुरू गरेको र के गर्नु पर्छ भनि जानकारी दिनु भएको थियो।university जाने बच्चाहरूलाई लक्षित गरी गरिएको यस कार्यक्रम लाई बेक्सली नेप्लिज् कम्युनिटीका बरिष्ठ उपाध्यक्ष हरिस ज्ञावली ले संचालन गरेका थिए। संस्था का अध्यक्ष आनंद धरेल ले सबै ट्रेनर हरूलाई खादा लगाएर कार्यक्रम सुरू गरेका थिय।कार्यक्रम मा संस्थाका सचिव होम नाथ ज्ञावली को उपस्थित रहेको थियो ।
कार्यक्रममा ट्रेनरहरू Medical क्षेत्रबाट दुईजाना Malvika panday र Dr Ranu Baral ,Law क्षेत्रबाट एक जाना Sneha Shrestha , Engineering क्षेत्रबाट तिन जाना Subash Poudyal ,Subu Gautam र Pankaj Paudel रहेका थिय।सबै ट्रेनर हरूले आ-आफ्नो कसरी प्रवेश गर्ने, काहांबाट कसरी सुरू गर्ने,पठाईका स्रोतहरू के के हुन आदि कुराहरू जानकारी दिनु भएको थियो ।
दश बार जाना अभिभावक को पनि उपस्थित रहेको उक्त कार्यक्रम मा Entry fee free रहेको थियो भने अभिभावक अत्यंत ख़ुशी रहेका थिय।
साथै यस्तै अरू कार्यक्रम पनि ल्याउनपर्ने माग राखेका थिए।
कार्यक्रम के अन्तयम मा अध्यक्ष ज्यू ले सबैलाई धन्यवाद दिदै बेक्सली नेप्लिज् कम्युनिटी पनि ताली बजाएर धन्यवाद दिईएको थियो।
कार्यक्रम मा सहभागी किसोर किसोरी तथा ट्रेनर हरूलाई बेक्सली नेप्लिज् कम्युनिटी को तर्फबाट खाजाको ब्यबस्था गरिएको थियो।
What's Your Reaction?






